गत कात्तिक २९ गते मध्य राति सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागी भयो । आगलागीबाट त्यहाँका २१ घर खरानी बने । करोडौँको धनमाल क्षति भयो । घर जलेर नष्ट भएपछि करिब १५० भन्दा बढी नागरिक विस्थापित भए ।
त्यही समस्यालाई तत्काल सम्बोधनका लागि मङ्गलबार मुख्यमन्त्री जीवनबहादुर शाही राहत लिएर मुगु जाने तयारी गरे पनि प्राविधिक कारण जान सकेनन् । आज बिहान ८ः३० बजे भने ३०० थान कम्बल, एक÷एक सय थान स्वीटर र ज्याकेट, ७० केजीको २१ थान टेण्ट लिएर मुख्यमन्त्री शाही नेतृत्वको प्रदेश सरकारको टोली सदरमुकाम गमगढी पुग्...