पोखरा विमानस्थलमा पुगेका आफन्तहरूकाे रुवाबासी

काठमाडाैं । पोखराबाट १९ यात्रुसहित जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएपछि पोखरा विमानस्थलमा पुगेका आफन्तहरूका रुवाबासी  गरेका छन् । जोमसोमका लागि पोखराबाट तारा एयरको ट्वीनअटर विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो । यहाँ १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ । तर, जहाज उडेको ६ घण्टासम्म पनि सम्पर्क हुन सकेको छैन । […]