काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले बजेट वक्तव्यको क्रममा निर्वाचन आयोगको कार्यालय खारेज गर्ने निर्णयलाई सच्याउन सरकारसँग माग गर्नुभएकाे छ ।
बुधवारकाे प्रतिनिधि सभा बैठकमा शून्य समयमा बाेल्दै सांसद थापाले यस्ताे माग गर्नुभएकाे हाे । उहाँले आयोगलाई खारेज गरेर जिल्ला प्रशासन कार्यालयलाई चुनावसम्बन्धी काम गर्न दिएमा आयोगको भूमिका सङ्कुचित हुने बताउनुभयो ।
उहाँले भन्नुभयाे, ‘यो पटक बजेटमा प्रस्तावित भएको जिल्ला निर्वाचन कार्यालयलाई खारेज गर्ने र यसको काम जिल्ला प्रशासन...