निर्वाचनको तयारीमा जुट्यो जिल्ला निर्वाचन कार्यालय कैलाली

आगामी निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय कैलालीले तयारी थालेको छ । आगामी १७ र २७ वैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आयोगले तयारी थालेको जनाएको हो

सम्बन्धित सामग्री

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सरकारको नियोजित षड्यन्त्र: पदम गिरी

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सत्ताधारी दलहरूको जनतामा विश्वास गुमेका कारण जिल्ला निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालयअन्तर्गत बनाउने षड्यन्त्र गरेको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। सचेतक गिरीले बजेटमा सरकारले आर्थिक मितव्ययिता कायम गर्ने भन्ने नाममा संवैधानिक आयोग अन्तर्गतको निर्वाचन आयोगका जिल्ला कार्यालयहरूलाई एक प्रकारले कार्यालय खारेज गर्ने निर्णय […]

अर्थमन्त्रीको स्पष्टीकरण : जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन

काठमाडौं : अर्थमन्त्री डा. प्रकाश शरण महतले जिल्ला निर्वाचन कार्यालयलाई खारेज गर्ने कुनै तयारी नभएको स्पष्टीकरण दिएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका हुन्। ‘यसमा कही कतै पनि शंका उब्जिने ठाउँ नदिन सरकारको सम्पूर्ण कोशिश हुन्छ। जिल्ला निर्वाचन आयोग खारेज गर्ने मनसाय छैन। जिल्ला निर्वाचन कार्यालयहरू जसरी रहेका छन् त्यसरी नै रहनेछन्। त्यसको स्वतन्त्र अस्तित्वका लागि सरकारले के गर्नुपर्यो ? सरकार तयार छ। यो खारेज हुँ

जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री महत

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका छन् । आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको सोमबार प्रतिनिधिसभा बैठकमा जवाफ दिने क्रममा अर्थमन्त्री महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका हुन् । सांसदहरुले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न लागेको भनेर आपत्ति जनाएका थिए । सोही विषयको […]

देउवाको पत्र ५ बजेपछि मात्रै आएको हो : जिल्ला निर्वाचन कार्यालय

१६ वैशाख, काठमाडौं । जिल्ला निर्वाचन कार्यालय सर्लाहीले लालबन्दी नगरपालिकामा मनोनयन फिर्ताको विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पत्र ५ बजेपछि मात्रै आएको जानकारी गराएको छ । निर्वाचन आयोग स्रोतका अनुसार, सर्लाहीका जिल्ला निर्वाचन अधिकारीले पाँच बजेपछि पत्र आउँदैछ भनेकाले पत्र पुग्दा अझै ढिलो भएको भनी रिपोर्टिङ गरेका थिए । उनले मुख्य निर्वाचन अधिकृतलाई पनि […]

जिल्ला निर्वाचन कार्यालय बैतडीद्वारा मतदाता नामावली सङ्कलन स्थगित

बैतडी, २७ माघ: जिल्ला निर्वाचन कार्यालय बैतडीले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली सङ्कलनस्थगन गरेको छ । सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै त्यहाँ पनि नामावली सङ्कलन बन्द गरिएको हो । निर्वाचन आचारसंहिताअनुसार चुनावको मिति घोषणा भएपछि मतदाता नामावली सङ्कलन स्थगन गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुँयालले जानकारी दिए । […]

निर्वाचन तयारीमा जुट्यो हुम्ला कार्यालय

जिल्ला निर्वाचन कार्यालय हुम्लाले निर्वाचन तयारीका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गर्नुका साथै आवश्यक तयारीमा जुटेको छ ।  आगामी वैशाख १७ र २७ गतेका  लागि प्रतिनिधिसभाको निर्वाचन तय गरिएको छ । सरकारले वैशाखमा निर्वाचन तोकेपछि तयारी अघि बढाइएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त जिल्ला निर्वाचन अधिकारी महेशकुमार थापाले जानकारी दिए ।   कार्यालयले माघ १५ देखि २१ गते मतदाता नामावली अद्यावधिक, दाबीविरोध, त्रुटि सच्याउने र दाबी गरी विरोध गरेर हटाउने, दोहोरो नाम हटाउने, मृत्यु भएका वा नागरिकता त्...

निर्वाचनको तयारीमा जुट्यो जिल्ला निर्वाचन कार्यालय मोरङ

सरकारले अगामी वैशाख १७ र २७ गते आम निर्वाचन गर्ने गरेको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय मोरङ आवश्यक तयारीमा जुटेको छ । यसका लागि कार्यालयले जिल्ला मतदान तथा मतदान निर्धारण समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा बैठक सम्पन्न गरी मतदानका निम्ति सूची र मापदण्ड मोरङका १७ वटै स्थानीय तह र जिल्लास्थित राजनीतिक दललाई आवश्यक सुझावका लागि पठाइसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेशकुमार ठाकुरले बताए । उनले स्थानीय तह तथा राजनीतिक दलबाट सो सम्बन्धमा आउने सुझावलाई ग्रहण गरी सोहीअनुसा...