एक वर्षमा जनप्रतिनिधिले खाना खाएको खर्च भन्दै ४२ लाख भुक्तानी : १२ लाख भुक्तानी दिन बाँकी

सुर्खेत : जाजरकोटको छेडागाड नगरपालिकाले जनप्रतिनिधिले खाना खाएको खर्च भन्दै रु. ४२ लाख रुपैयाँ होटललाई भुक्तानी दिएको जनप्रतिनिधिले आरोप लगाएका छन्। खाना खाएको अझै रु. १२ लाख १३३ रुपैयाँ भुक्तानी दिन बाँकी रहेको बिल लेखा शाखामा पुगेको छ।जनप्रनिनिधि निर्वाचित भएको मितिदेखि हालसम्मको खाना र नास्ता खर्च भनी यो परिणामको बिल पुगेर केही भुक्तानी भएको छ भने केही बाँकी छ। उता जनप्रतिनिधिले दुईवटा नगरसभामा २ लाख ७० हजार र नास्ता , कलम , कापी गरेर १ लाख ७० हजार मात्र खर्च बताएका छन्।कर्मचार

सम्बन्धित सामग्री

‘निर्माण व्यवसायीले २० अर्ब भुक्तानी पाउनै बाँकी’

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीले राज्यबाट अझै २० अर्ब रूपैयाँ भुक्तानी पाउनै बाँकी रहेको बताएका छन्।...

दुध उत्पादक किसानको ७ अर्ब भुक्तानी हुन बाँकी , किसानहरु दुध पोख्दै सडकमा

दुग्ध सहकारीले किसानलाई ७ अर्ब रुपैया भुक्तान गर्न बाँकी रहेको किसानहरुले बताएका छन । तर सहकारी संचालकहरुले भने ५ अर्ब मात्रै भुक्तानी गर्न बाँकी रहेको दावी गरेका छन । राष्ट्रिय दुग्ध विकास बोर्डका कायकारी निर्देशक डा राजेन्द्रप्रसाद यादवका अनुसार किसानहरु दुग्ध सहकारीले ७ अर्ब भुक्तानी दिन बाँकी छ भनेका छन । तर दुग्ध सहकारी सञ्चालकहरु […]

कोरोना बिमाको बाँकी रकम भुक्तानी आगामी सातादेखि

१० अर्ब ५२ करोड भुक्तानी हुन बाँकी, पहिलो चरणमा एक अर्ब ८२ करोड मात्रै भुक्तानी गरिने  करिब दुई वर्ष सर्वसाधारणलाई कोरोनाको बिमा भुक्तानी नगरेका बिमा कम्पनीहरूले आगामी सातादेखि दाबी भुक्तानी गर्ने...

सरकारले कोरोना बीमाको ११ अर्ब भुक्तानी गर्न बाँकी

महालेखापरीक्षकको कार्यालयले नेपाल सरकारले कोरोना बीमा बापतको ११ अर्ब ८२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । कार्यालयले सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदन अनुसार सरकारले कोरोना महामारीको बीमाबापतको अर्बौँ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उल्लेख छ ।नेपाल सरकारको २०७७/७८ को बजेट वक्तव्यमा सामूहिक कोरोना बीमा प्रिमियमको ५० प्रतिशत अनुदान दिने र सबै कर्मचारीको १ लाखसम्मको कोरोना बीमा निःशुल्क हुने व्यवस्था गरेको थियो । उक्त बजेट वक्तव्यको व्यवस्थालाई कार्यान्वयन गर्न अर्थ मन्त्रालय

महालेखाको प्रतिवेदन: कोरोना बीमाको ६ अर्ब १६ करोड भुक्तानी बाँकी

कोरोना बीमा बापतको ६ अर्ब १६ करोड ६२ लाख रूपैयाँ रकम भुक्तानी दिन बाँकी रहेको देखिएको छ।

स्वास्थ्य बीमा कार्यक्रम – बीएण्डसी र नोबेल मेडिकलको अर्बौ भुक्तानी बाँकी

पूर्वमा सञ्चालित मेडिकल कलेजहरूले बिरामीलाई उपचार गरेबापत सरकारबाट अर्बौ रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताएका छन् । आज पत्रकार सम्मेलन गर्दै बीएमसी र नोबेल मेडिकल कलेजले सरकारबाट अर्बौ रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताएका हुन् ।सरकारले ५ वर्षअघि सर्वसाधारणलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित ‘स्वास्थ्य बीमा कार्यक्रम’ सुरू गरेको थियो । यस योजना अन्तर्गत एउटा परिवारले ३ हजार ५०० रुपैयाँको स्वास्थ्य बीमा गरेपछि उक्त परिवारको ५ जना सदस्यको बीमा हुन्छ ।योजनाको सु

स्वास्थ्य बीमा बोर्डले अझै ७ अर्ब भुक्तानी गर्न बाँकी

बीमितहरुलाई उपचार गराए बापत आफूले समयमै भुक्तानी नपाएको गुनासो अस्पतालहरुले गर्दै आएका छन् । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले साउन महिनादेखि बोर्डले साढे ६ अर्ब रुपैयाँ भुक्तानी गरिसकेको बताए । उनले ६ वर्षको अवधिमा अस्पतालहरुलाई १६ अर्बभन्दा बढी रकम भुक्तानी गरिसकेको सुनाए ।यद्यपि बोर्डले सेवा प्रदायक संस्थाहरुलाई अझै ७ अर्ब भुक्तानी गर्न बाँकी छ । कार्यकारी निर्देशक बसौलाले सेवा प्रदायक संस्थाहरुले तत्कालै भुक्तानी पाउने चाहना राख्नु स्वाभाविक भए पनि कर्मचारी अभाव र

स्वास्थ्य बिमामार्फत उपचार गराइएको दुई अर्ब भुक्तानी बाँकी

काठमाडौं :  स्वास्थ्य बिमाअन्तर्गत सेवा दिन सरकारले सूचीकृत गरेका स्वास्थ्य संस्थाहरूले भुक्तानी पाउन सकेका छैनन्। स्वास्थ्य बिमा सेवा दिएबापत सूचीकृत स्वास्थ्य संस्थाहरूलाई सरकारले दुई अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी दिन बाँकी रहेको हो। हाल देशभर ४२९ वटा सेवाप्रदायक स्वास्थ्य संस्थाहरूले स्वास्थ्य बिमासम्बन्धी सेवा दिइरहेका छन्।स्वास्थ्य बिमा बोर्डले भने बजेट पास नभएको अवस्थामा बिमा सेवा दिएबापत अस्पतालहरूलाई दिनुपर्ने भुक्तानी दिन ढिलाइ भएको बताएको छ।बोर्डका सूचना अधिकारी डा माधव

उखु किसानले अझै पाएनन् ४० करोड भुक्तानी

काठमाडौं। उखु किसानले चिनी मिलबाट अझै ४० करोड रुपैयाँ भुक्तानी नपाएपछि फेरि आन्दोलनमा उत्रिएका छन्। चिनी मिलहरुले भुक्तानी नदिएपछि भुक्तानी माग्दै किसान तेस्रोपटक आन्दोलनमा आएका हुन्। किसानले ४०करोड भुक्तानी पाउन बाँकी भनेपनि उद्योगीहरु भने जम्मा २९करोड रुपैयाँ भुक्तानी बाँकी रहेको बताउँछन्। गत वर्षको कात्तिकयता केही उद्योग किसानलाई भुक्तानी दिएपनि अझै पनि अन्नपूर्ण,इन्दिरा,श्रीराम र लुम्बिनीले सबै भुक्तानी नदिएको किसानले बताएका छन्।

कोरोना बीमाको ६ अर्ब भुक्तानी बाँकी

काठमाडौं। गत वर्ष २०७७ सालको वैशाख पहिलो सातादेखि सुरु भएको कोरोना बीमामा परेको दाबीको ६० प्रतिशत भुक्तानी अझै बाँकी छ। हालसम्म कोरोना संक्रमित भएका एक लाख १४ हजार ६०० बिमितले कुल १० अर्ब ९७ करोडको दाबी भुक्तानी गरेका थिए। त्यसमध्ये ४१ हजार संक्रमितले ४ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी पाएका छन्। बाँकी ६६ हजार ६०० संक्रमितले अझै भुक्तानी नपाएका हुन्।