स्वास्थ्य बीमा बोर्डले अझै ७ अर्ब भुक्तानी गर्न बाँकी

बीमितहरुलाई उपचार गराए बापत आफूले समयमै भुक्तानी नपाएको गुनासो अस्पतालहरुले गर्दै आएका छन् । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले साउन महिनादेखि बोर्डले साढे ६ अर्ब रुपैयाँ भुक्तानी गरिसकेको बताए । उनले ६ वर्षको अवधिमा अस्पतालहरुलाई १६ अर्बभन्दा बढी रकम भुक्तानी गरिसकेको सुनाए ।यद्यपि बोर्डले सेवा प्रदायक संस्थाहरुलाई अझै ७ अर्ब भुक्तानी गर्न बाँकी छ । कार्यकारी निर्देशक बसौलाले सेवा प्रदायक संस्थाहरुले तत्कालै भुक्तानी पाउने चाहना राख्नु स्वाभाविक भए पनि कर्मचारी अभाव र