नेपालको न्यायिक इतिहासमै पहिलोपटक महिला प्रधानन्यायाधीश बनेकी थिइन्, सुशीला कार्की । २०७३ असार २३ गते प्रधानन्यायाधीशको सपथ लिएकी कार्कीमाथि १० महिनापछि नै महाभियोगको प्रस्ताव दर्ता भयो । तत्कालीन सरकार (कार्यपालिका)को अधिकार क्षेत्रमा हस्तक्षेप गरेको र कार्यसम्पादन क्षमता नभएको आदि कारण देखाउँदै तत्कालीन प्रधानन्यायाधीश कार्कीमाथि २०७४ वैशाख १७ गते संसदमा महाभियोग प्रस्ताव दर्ता भएको थियो । प्रधानन्यायाधीशको पदबाट अवकाश लिने समय एक महिनामात्रै बाँकी रहँदा कार्कीमाथि नेपाली काँग्रेस र नेकपा माओव