बल्ल चल्यो जयनगर–जनकपुर रेल

लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको जनकपुर-जयनगर रेल सेवा आइतबारदेखि ड्राइरनका रूपमा सञ्चालनमा आएको छ । उद्घाटन नहुन्जेल यात्रीलाई चढाइँदैन तर रेल नियमित समयमा चलिरहन्छ । प्राविधिक रूपमा कुनै समस्या पछि नहोस् भन्ने कुरालाई ध्यानमा राखी ड्राइरनका रूपमा रेल चलाइएको नेपाल रेल्वेका महाप्रबन्धक निरन्जन झाले बताए। रेल सञ्चालनको समय पटकपटक तोकिए पनि त्यो समय फेल हुँदै आएको थियो । तर, आजदेखि रेल सेवा नियमित रूपमा सञ्चालन भएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण ...

सम्बन्धित सामग्री

जयनगर- जनकपुर रेल सेवा तीन दिन बन्द रहने, यस्तो छ कारण

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ ।  त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]

कार्तिक पूर्णिमा : जयनगर-जनकपुर रेल थप समय चलाइने

जनकपुरधाम : यही २२ मंगलबार गते कार्तिक पूर्णिमामा कमला स्नानका लागि तीर्थयात्रीलाई मद्देनजर गरी जयनगर जनकपुर रेल्वे थप ट्रिप चलाइने भएको छ।नेपाल रेल्वे कम्पनी केन्द्रीय कार्यालय जनकपुरधामले शनिबार सूचना जारी गर्दै कार्तिक पूर्णिमा र कमला स्नानलाई ध्यानमा राखी यात्रुहरूलाई सहज होस् भनी २१ गते देखि २३ गतेसम्म  नियमित समय बाहेक पनि रेल चलाउने जानकारी दिएको छ।यो दिन चन्द्रग्रहण रहेको छ। ग्रहणका वेला श्रद्धालु स्नानका लागि नदी‚ जलाशय जाने गर्छन्।प्रत्येक दिन दुई सिफ्ट चल्ने नेपाल रेल्वेले

जयनगर-जनकपुर रेल सञ्चालनको तयारी

काठमाडौं । रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो । यसअघि गत मंसिरमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी भएको रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश संघीय संसद्बाट पारित हुन नसक्दा […]

घुम्टो उघार्दै छोप्दै जनकपुर-जयनगर रेल

न्यारोगेजमा सञ्चालन हुँदै आएको जयनगर–जनकपुर रेल ब्रोडगेजमा चलाउन २०७७ असोजमा परिक्षण सेवा सुरु गरिएको थियो। न्यारोगेजमा चल्ने रेल बन्द भएको झन्डै ६ वर्षपछि ब्रोडगेजमा रेल चलाउन लागिएको हो, जुन नेपालको इतिहासमा पहिलो हो।...

किन चलेन जयनगर जनकपुर रेल ?

भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर (बर्दिबास रेल्वेको जयनगर (कुर्था खन्डमा रेल सञ्चालन गर्न भनी नेपाल सरकारले २०७६ को फागुन महिनामा २ वटा रेल सेट खरिद गर्ने सम्झौता गर्यो र ९ महिनामा रेलको डेलिभरी दिने कुरा तय भयो । लगभग १ वर्षमा रेल सेट तयार भए पनि कोभिडका कारण रेल बुझ्न नसकेर सो रेल सेट २०७७ […]

यसकारण तत्काल चल्दैन जयनगर - जनकपुर रेल

नेपाल सरकारले ०७६ फागुनदेखि रेल सञ्चालनको प्रक्रिया सुरु गरेको दुई वर्ष पुग्‍न लाग्दा पनि अझै लगभग यथास्थितिमा रहेको छ। रेल आए पनि त्रिपालले छोपेर राखिएको छ र कहिले सञ्चालन हुन्छ भन्ने चासो यथावत छ। यो रेल अब अहिलेको व्यवस्थापन राखिरहने हो भने चल्नै सक्दैन। यति मात्र होइन चलाउने इच्छाशक्ति राखियो भने पनि यसअघि वर्तमान सरकारले गरेका गल्ती सुधार्न नै करोडौँ खर्च गर्नुपर्नेछ।रेल सञ्चालनको प्रयास र तयारीभारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर - बर्दिबास रेल्वेको जयनगर - कुर्था

जयनगर–जनकपुर रेल सेवा अविलम्ब सञ्चालनका लागि पहल गर्छु :  मन्त्री यादव

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले जयनगर–जनकपुर रेल सेवा अविलम्ब सञ्चालनका लागि पहल गर्ने बताएकी छन् । यसका लागि आफूले भारतीय राजदूतसँग समेत कुराकानी गर्ने उनले बताइन् । शुक्रबार जनकपुरधाम उद्योग वाणिज्य संघको ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले अविलम्ब रेल सेवा सञ्चालनका लागि आफूले तत्कालै पहल गर्ने र यसका लागि भारतीय राजदूतसँग कुराकानी अगाडि बढाउने बताइन् ।मन्त्री यादवले अध्यादेश ल्याएर पनि जयनगर जनकपुरधाम (कुर्था) रेल सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाइन् । उनले भनिन्, ‘अ

वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने

धनुषा – वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने भएको छ । सरकारको रेल खरिद प्रक्रिया अन्तिम चरणमा पुर्‍याएकाले सरकारले जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्न लागेको बताइएको छ ।  रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकाले आगामी वैशाखबाट जनकपुर जयनगर रेल स...