कार्तिक पूर्णिमा : जयनगर-जनकपुर रेल थप समय चलाइने

जनकपुरधाम : यही २२ मंगलबार गते कार्तिक पूर्णिमामा कमला स्नानका लागि तीर्थयात्रीलाई मद्देनजर गरी जयनगर जनकपुर रेल्वे थप ट्रिप चलाइने भएको छ।नेपाल रेल्वे कम्पनी केन्द्रीय कार्यालय जनकपुरधामले शनिबार सूचना जारी गर्दै कार्तिक पूर्णिमा र कमला स्नानलाई ध्यानमा राखी यात्रुहरूलाई सहज होस् भनी २१ गते देखि २३ गतेसम्म  नियमित समय बाहेक पनि रेल चलाउने जानकारी दिएको छ।यो दिन चन्द्रग्रहण रहेको छ। ग्रहणका वेला श्रद्धालु स्नानका लागि नदी‚ जलाशय जाने गर्छन्।प्रत्येक दिन दुई सिफ्ट चल्ने नेपाल रेल्वेले