वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने

धनुषा – वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने भएको छ । सरकारको रेल खरिद प्रक्रिया अन्तिम चरणमा पुर्‍याएकाले सरकारले जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्न लागेको बताइएको छ ।  रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकाले आगामी वैशाखबाट जनकपुर जयनगर रेल स...

सम्बन्धित सामग्री

सीमापार रेल सञ्चालन गरिँदै

जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्न सीमापार रेलमार्ग सहकार्य सम्बन्धी भारत–नेपाल संयुक्त कार्यदलबीच छलफल सुरु गरेको छ । कार्यदलको सम्पन्न चौथो बैठकले सीमापार जयनगर–जनकपुर (कुर्थासम्म) रेल सेवा सुचारु गर्न स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर (एसडीपी) का लागि छलफल सुरु भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले जानकारी दिनुभयो । यसले रेल सञ्चालन गर्न कार्यविधि बनाउने छ ।

रेल चलाउने कर्मचारी भेटिएनन्

बहुप्रतीक्षित जयनगर–जनकपुर रेल सेवा सञ्चालन अनिश्चित बन्दै गएको छ । रेल्वे कम्पनीद्वारा कर्मचारी भर्नाका लागि आवेदन माग गरिएकोमा एक जनाले पनि निवेदन नदिँदा उक्त रेल सेवा सञ्चालन अनिश्चित बन्दै गएको हो । उक्त रेल सेवा सञ्चालनका लागि रेल्वे कम्पनीले रेल सेवासँग सम्बन्धित २६ जना कर्मचारी करारमा भर्ना गर्न १५ दिनको म्यादसहित फागुन ९ गते आवेदन माग गरेको थियो । आवेदनको अन्तिम म्यादसम्म एक जनाको पनि निवेदन रेल्वे कम्पनीमा प्राप्त हुन नसकेको रेल विभागले जनाएको छ ।