संखुवासभामा निक्षेप भन्दा ऋण प्रवाह बढी

संखुवासभाका बैंक तथा वित्तीय संघ संस्थामा बचत भन्दा ऋण प्रवाह बढी हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । संखुवासभामा रहेका १७ वटा बैंकका २४ शाखाहरुले आर्थिक वर्ष २०७६-०६७ मा ४ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन र ५ अर्ब १७ करोड ऋण प्रवाह गरेका तथ्यांक सार्वजनिक गरिएको हो ।

सम्बन्धित सामग्री

सहकारीमा केदारनाथको अपचलन : एउटालाई ऋण दिने माइन्युट, अर्कैमा लगानी

१५ असार, काठमाडौं । शिवशिखर र तुलशी सहकारीबाट सर्वसाधारणको करिब साढे १५ अर्ब निक्षेप अपचलन गरेका केदारनाथ शर्माले आफ्नै कम्पनीमा ऋण प्रवाह गर्दा पनि रेकर्ड नदेखिने किसिमको चलाखी गर्ने गरेको खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का अनुसार विराटनगरको तुलसी बहुमुखी सहकारीबाट ऋण प्रवाह गर्दा एउटा व्यवसायमा दिने भनेर सञ्चालक समितिबाट निर्णय गराउने तर […]

सानिमा बैंकले बिना धितो १० लाख ऋण दिने

सानिमा बैंक लिमिटेडले लघु वित्त तथा विपन्न वर्ग कर्जाअन्तर्गत बिना धितो सामूहिक जमानीमा प्रतिव्यक्ति १० लाख रुपैयाँ ऋण दिने भएको छ । उक्त ऋण प्रवाह गर्न बैंकले बुधबार निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको हो ।सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चलराज पाण्डे र कोषका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश घिमिरेले हस्ताक्षर गरेका हुन् […]

१५ अर्ब निक्षेप संकलन हुँदा १४ अर्ब ऋण प्रवाह

फागुन ३०, काठमाडौं । चालू आव (आव) २०७८/७९ को फागुन महीनामा वाणिज्य बैंकहरूमा थप १५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।   उक्त अवधिमा कर्जा प्रवाह भने १४ अर्ब रुपैयाँ भएको छ । नेपाल बैंकर्स संघबाट प्राप्त पछिल्लो तथ्यांकले यस्तो देखाएको हो ।  संघका अनुसार फागुन २७ गतेसम्म वाणिज्य बैंकहरूमा ४३ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने ४१ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।  माघको अन्त्यसम्म वाणिज्य बैंकहरूमा ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । उक्त अवधिमा कर्जा प्रवाह भने ४१ खर्ब ६५ अर्ब रुपैयाँ भएको थियो ।  गत असार मसान्तसम्ममा वाणिज्य बैंकहरूमा ४२ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो भने ३७ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो ।  त्यस्तै पछिल्लो एक साताको अवधिमा यी बैंकहरूबाट १ अर्ब रुपैयाँले ऋण प्रवाह बढेको छ । निक्षेप संकलन भने २ अर्ब रुपैयाँले बढेको बैंकर्स संघले बताएको छ ।

निक्षेप संकलन ५ अर्ब घट्यो, ऋण प्रवाह बढ्यो

माघ २६, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन घटेपनि कर्जा प्रवाह भने बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ २३ गतेको तुलनामा २४ गते बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन ५ अर्ब रुपैयाँ घटेको छ । तर, कर्जा प्रवाह भने २ अर्ब रुपैयाँले बढेको छ । उक्त अवधिमा वाणिज्य बैंकहरुमा ५ अर्ब रुपैेयाँले निक्षेप संकलन घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । सो अवधिमा वाणिज्य बैंकहरुको १ अर्ब रुपैयाँ कर्जा प्रवाह बढेको छ ।  माघ २४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुमा ४८ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने ४६ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । जसमध्ये वाणिज्य बैंकहरुमा मात्र ४३ खर्ब ८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यी बैंकहरुबाट ४१ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । अन्य बैंक तथा वित्तीय संस्थामा भने ५ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । अन्य बैंक तथा वित्तीय संस्थाबाट उक्त अवधिमा ५ खर्ब २२ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ ।  निक्षेप संकलन घटेसँगै कर्जा प्रवाह बढ्दा सीडी रेसियो पनि शून्य दशमलव ११ विन्दुले बढेको छ । माघ २३ गते ९ं० दशमलव २७ प्रतिशत भएको सीडी रेसियो २४ गते बढेर ९० दशमलव ३८ प्रतिशत कायम भएको छ ।

घट्दो निक्षेप र राष्ट्र बैंकको पुनर्कर्जा

बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक क्रियाकलापमा दोहोरो भूमिका निर्वाह गरेका हुन्छन् । आमनागरिकका हातमा छरिएर रहेको मुद्रा संकलन गरी कुनै उद्योगी, व्यवसायीलाई ऋणको रूपमा लगानी गर्छन् । निक्षेप संकलनमा दिएको ब्याज र ऋण प्रवाह गर्दाको ब्याजको अन्तर नै बैंक तथा वित्तीय संस्थाहरूको आय हो । लगानी मागको तुलनामा लगानी पूर्ति हुन नसक्नु निक्षेपमा आएको कमी […]

बैंकमा तरलता समस्या सहज बन्दै, एक सातामै थपियो ५८ अर्ब

२६ पुस, काठमाडौं । पछिल्ले एक सातामा वाणिज्य बैंकहरुमा ५८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । लगानी योग्य रकम (तरलता) समस्याले निकै अप्ठेरो स्थिति खेपिरहेका बैंकहरुका लागि यो निकै ठूलो राहत हो । ऋण प्रवाह धेरै हुने र निक्षेप संकलन एकदमै कम हुँदा बैंकहरुले तरलता समस्याको चर्को अभाव झेलिरहेका थिए । वाणिज्य बैंकका प्रमुख कार्यकारी […]

वाणिज्य बैंकहरुको कर्जा प्रवाह ८ अर्बले बढ्दा निक्षेप ५ अर्बले खुम्चियो

काठमाडौं, मंसिर २७ । बजारमा तरलता अभाव चर्किरहेका बेला बैकहरुको ऋण प्रवाह बढेको छ भने निक्षेप थप घटेको छ । नेपाल बैकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार पछिल्लो एक सातामा कर्जा प्रवाह ८ अर्बले बढ्दा निक्षेप भने ५ अर्बले घटेको छ । मंसिरको दोस्रो हप्तासम्म ४० खर्ब ६९ अर्ब प्रवाह भएको ऋण मंसिर २४ गते […]

साउनमा बैंकहरूबाट ७८ अर्ब निक्षेप झिकिँदा ऋण प्रवाह ४३ अर्ब बढ्यो

साउन महिनामा २७ वाणिज्य बैंकहरुबाट मात्रै ७८ अर्ब रुपैयाँ निक्षेप झिकिएको छ।

अघिल्लो साता सुस्ताएको ऋण लगानी फेरि बढ्न थाल्यो

अघिल्लो साता सुस्ताएको ऋण लगानी यो साता बढेको छ । यो साता बाणिज्य बैंकहरुले ५ अर्ब ऋण लगानी गरेका छन् । जेठ सात गतेसम्म आइपुग्दा कुल ऋण लगानी ३६ खर्ब १६ अर्ब पुगेको छ । गत सातासम्म यस्तो ऋण प्रवाह ३६ खर्ब ११ अर्ब रुपैयाँ थियो ।निषेधाज्ञा शुरु भएको एक सातामा बैंकहरुले १५ अर्ब ऋण प्रवाह गरेका थिए भने त्यसपछि ऋण लगानी सुस्तायो । बैशाख २४ सम्म आइपुग्दा  २ अर्ब रुपैयाँमात्र ऋण प्रवाह भयो । तर अहिले फेरि बढेको छ । यो साता निक्षेप संकलन ६ अर्ब भएकोमा बैंकहरुले ५ अर्ब ऋण लगानी गरे । हालसम्म बाणिज्य

ह्वात्तै बढ्यो बैंकहरूको ऋण प्रवाह, तरलता ‘टाइट’ हुने संकेत

माघ २ देखि ३० गतेसम्म २७ वाणिज्य बैंकहरुमा ७ अर्ब मात्रै निक्षेप थपिएको छ भने सोही अवधिमा थप ८१ अर्ब ऋण विस्तार भएको छ।