१५ असार, काठमाडौं । शिवशिखर र तुलशी सहकारीबाट सर्वसाधारणको करिब साढे १५ अर्ब निक्षेप अपचलन गरेका केदारनाथ शर्माले आफ्नै कम्पनीमा ऋण प्रवाह गर्दा पनि रेकर्ड नदेखिने किसिमको चलाखी गर्ने गरेको खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का अनुसार विराटनगरको तुलसी बहुमुखी सहकारीबाट ऋण प्रवाह गर्दा एउटा व्यवसायमा दिने भनेर सञ्चालक समितिबाट निर्णय गराउने तर […]
सानिमा बैंक लिमिटेडले लघु वित्त तथा विपन्न वर्ग कर्जाअन्तर्गत बिना धितो सामूहिक जमानीमा प्रतिव्यक्ति १० लाख रुपैयाँ ऋण दिने भएको छ । उक्त ऋण प्रवाह गर्न बैंकले बुधबार निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको हो ।सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चलराज पाण्डे र कोषका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश घिमिरेले हस्ताक्षर गरेका हुन् […]
फागुन ३०, काठमाडौं । चालू आव (आव) २०७८/७९ को फागुन महीनामा वाणिज्य बैंकहरूमा थप १५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।
उक्त अवधिमा कर्जा प्रवाह भने १४ अर्ब रुपैयाँ भएको छ । नेपाल बैंकर्स संघबाट प्राप्त पछिल्लो तथ्यांकले यस्तो देखाएको हो । संघका अनुसार फागुन २७ गतेसम्म वाणिज्य बैंकहरूमा ४३ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने ४१ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।
माघको अन्त्यसम्म वाणिज्य बैंकहरूमा ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । उक्त अवधिमा कर्जा प्रवाह भने ४१ खर्ब ६५ अर्ब रुपैयाँ भएको थियो । गत असार मसान्तसम्ममा वाणिज्य बैंकहरूमा ४२ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो भने ३७ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
त्यस्तै पछिल्लो एक साताको अवधिमा यी बैंकहरूबाट १ अर्ब रुपैयाँले ऋण प्रवाह बढेको छ । निक्षेप संकलन भने २ अर्ब रुपैयाँले बढेको बैंकर्स संघले बताएको छ ।
माघ २६, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन घटेपनि कर्जा प्रवाह भने बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार माघ २३ गतेको तुलनामा २४ गते बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन ५ अर्ब रुपैयाँ घटेको छ । तर, कर्जा प्रवाह भने २ अर्ब रुपैयाँले बढेको छ ।
उक्त अवधिमा वाणिज्य बैंकहरुमा ५ अर्ब रुपैेयाँले निक्षेप संकलन घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । सो अवधिमा वाणिज्य बैंकहरुको १ अर्ब रुपैयाँ कर्जा प्रवाह बढेको छ ।
माघ २४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुमा ४८ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने ४६ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । जसमध्ये वाणिज्य बैंकहरुमा मात्र ४३ खर्ब ८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यी बैंकहरुबाट ४१ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । अन्य बैंक तथा वित्तीय संस्थामा भने ५ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । अन्य बैंक तथा वित्तीय संस्थाबाट उक्त अवधिमा ५ खर्ब २२ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ ।
निक्षेप संकलन घटेसँगै कर्जा प्रवाह बढ्दा सीडी रेसियो पनि शून्य दशमलव ११ विन्दुले बढेको छ । माघ २३ गते ९ं० दशमलव २७ प्रतिशत भएको सीडी रेसियो २४ गते बढेर ९० दशमलव ३८ प्रतिशत कायम भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक क्रियाकलापमा दोहोरो भूमिका निर्वाह गरेका हुन्छन् । आमनागरिकका हातमा छरिएर रहेको मुद्रा संकलन गरी कुनै उद्योगी, व्यवसायीलाई ऋणको रूपमा लगानी गर्छन् । निक्षेप संकलनमा दिएको ब्याज र ऋण प्रवाह गर्दाको ब्याजको अन्तर नै बैंक तथा वित्तीय संस्थाहरूको आय हो । लगानी मागको तुलनामा लगानी पूर्ति हुन नसक्नु निक्षेपमा आएको कमी […]
२६ पुस, काठमाडौं । पछिल्ले एक सातामा वाणिज्य बैंकहरुमा ५८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । लगानी योग्य रकम (तरलता) समस्याले निकै अप्ठेरो स्थिति खेपिरहेका बैंकहरुका लागि यो निकै ठूलो राहत हो । ऋण प्रवाह धेरै हुने र निक्षेप संकलन एकदमै कम हुँदा बैंकहरुले तरलता समस्याको चर्को अभाव झेलिरहेका थिए । वाणिज्य बैंकका प्रमुख कार्यकारी […]
१९ पुस, काठमाडौं । स्थानीय तहको बैंक खातामा रहेको रकमको ८० प्रतिशत रकमलाई बैंकहरुले निक्षेपमा गणना गर्न नेपाल राष्ट्र बैंकले परिपत्र गरेको छ । तर निक्षेपमा गणना गरिएको स्थानीय तहको रकम उत्पादनशील क्षेत्रमा मात्रै ऋण प्रवाह गर्ने शर्तसहित कारोबार गर्न वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको हो । बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम […]
काठमाडौं, मंसिर २७ । बजारमा तरलता अभाव चर्किरहेका बेला बैकहरुको ऋण प्रवाह बढेको छ भने निक्षेप थप घटेको छ । नेपाल बैकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार पछिल्लो एक सातामा कर्जा प्रवाह ८ अर्बले बढ्दा निक्षेप भने ५ अर्बले घटेको छ । मंसिरको दोस्रो हप्तासम्म ४० खर्ब ६९ अर्ब प्रवाह भएको ऋण मंसिर २४ गते […]
अघिल्लो साता सुस्ताएको ऋण लगानी यो साता बढेको छ । यो साता बाणिज्य बैंकहरुले ५ अर्ब ऋण लगानी गरेका छन् । जेठ सात गतेसम्म आइपुग्दा कुल ऋण लगानी ३६ खर्ब १६ अर्ब पुगेको छ । गत सातासम्म यस्तो ऋण प्रवाह ३६ खर्ब ११ अर्ब रुपैयाँ थियो ।निषेधाज्ञा शुरु भएको एक सातामा बैंकहरुले १५ अर्ब ऋण प्रवाह गरेका थिए भने त्यसपछि ऋण लगानी सुस्तायो । बैशाख २४ सम्म आइपुग्दा २ अर्ब रुपैयाँमात्र ऋण प्रवाह भयो । तर अहिले फेरि बढेको छ । यो साता निक्षेप संकलन ६ अर्ब भएकोमा बैंकहरुले ५ अर्ब ऋण लगानी गरे । हालसम्म बाणिज्य