पहिरोबाट विस्थापित ४१ परिवारलाई लालपुर्जा

सिन्धुपाल्चोक : लिदी पहिरोबाट विस्थापित ४१ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा प्रदान गरिएको छ । जुगल गाउँपालिका–२, लिदीमा पहिरोबाट विस्थापितलाई साढे दुई वर्षपछि जग्गाधनी पुर्जा पाएका हुन्। प्रतिनिधिसभा सदस्य माधव सापकोटाले पीडित परिवारलाई म‌गलबार पुर्जा वितरण गरे। विसं २०७७ साउन ३० गते जुगल गाउँपालिकाको लिदीमा बस्तीमाथिबाट पहिरो जाँदा २०९ परिवार विस्थापित भएका थिए। तीमध्ये ४१ परिवारलाई चौतारा साँगाचोकगढी नगरपालिका–४ देउरालीमा सुरक्षित जग्गा व्यवस्थापन गर्दै जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो...

सम्बन्धित सामग्री

मुआब्जा तिरेको चार वर्ष बित्यो, पीडितले पाएनन् लालपुर्जा

२०५८ सालमा नारायणी नदीमा ठुलो बाढी आयो । बाढीले साबिकको नवलपरासी पिठौली गाविस–८ लौगाई र रजहर गाविस–३ पिप्रहरका एक सय २० घर परिवार विस्थापित भए । उनीहरूले पाँच वर्षसम्म हालको देवचुली नगरपालिका लोकाहा जङ्गलमा त्रिपाल मुनी रात बिताए ।

कोशी बाढीपीडित : क्षतिपूर्तिको आसमा बगरको तिरो तिर्दै

लालपुर्जा साथमै छ, जग्गा सप्तकोशीको पानीमुनि । सप्तकोशी नदीमा बाढीसँगै आउने पानी, बालुवा र ढुङ्गामुढाले पुरेपछि हजारौँ नागरिकको घरबार र सपना पनि बगाएको छ । सबैभन्दा ठुलो क्षेत्रमा फैलिएर बग्ने सप्तकोशीमा आएको बाढीको डुबान र कटानमा परेर चार हजारभन्दा बढी घरपरिवार विस्थापित बनेका छन् । पाँच दशकदेखि विस्थापित कोशीपीडितले अहिलेसम्म पनि मुआब्जा पाउन सकेका छैनन् ।

रेसुङ्‍गा विमानस्थलबाट विस्थापित परिवारले मागे लालपुर्जा र रोजगारी

२४ फागुन, गुल्मी । गुल्मीको रेसुङ्‍गा विमानस्थल निर्माणको क्रममा विस्थापित परिवारले लालपुर्जा लगायत समस्या समाधान गर्न माग गरेका छन् । विमानस्थल निर्माणको क्रममा मुआब्जा दिने गरी १४ घर विस्थापित र २८ घर परिवारको जग्गा अतिक्रमण गरिएको थियो । विमानस्थल निर्माण क्रममा विस्थापित भएका घर परिवारलाई प्रदान गरिएको जग्गाको लालपुर्जा उनीहरूले हालसम्म पनि पाएका छैनन् । […]

कैलालीका बाढी पीडित भन्छन् : लालपुर्जा छ, जग्गा छैन

कैलाली - विक्रम विश्वकर्मा, कैलालीको टीकापुर नगरपालिका–८ अरुणाफाँटमा बस्नुहुन्थ्याे । खेतीपाती गरेर गुजारा टार्दै आएकाे उहाँकाे परिवार झण्डै २० वर्षअघि कर्णाली नदीमा आएकाे बाढीका कारण विस्थापित भयो। विश्वकर्मा मात्रै हाेइन अरुणाफाँटका दर्जनौँ परिवार बाढीका कारण तितरबितर भए । जग्गा बगरमा परिणत भयो । अहिले जग्गाको नामनिसान नै छैन ।  तर, करिब दुई दशकपछि अहिले विश्वकर्माले जग्गाको खोजी सुरु गर्नुभएको छ ।  कर्णाली नदीमा तटबन्ध निर्माणपछि आफ्नो लालपुर्जा भएक...

लालपुर्जा छ तर जमिन छैन !

बझाङ – बझाङमा बर्सेनि सेती नदीमा आउने बाढीले खेतीयोग्य जमिन बगाएर बगरमा परिणत गर्ने गरेको छ । सेती र कालंगा नदीमा आउने बाढीले जमिन बगाउँदा यहाँका बाढी पीडितसँग लालपुर्जा भए पनि जग्गा भने छैन ।  बझाङमा कुनै सरकारी कार्यालय, सङ्घ–संस्थासँग बाढीले कति जमिन बगाएको छ र बाढीले कति परिवार विस्थापित भए भन्ने यकिन तथ्याङ्क भने छैन ।  यकिन तथ्याङ्क नभए पनि बुङ्गल भएर बग्ने कालंगा नदीले दह बगरको लौनेदेखि केदास्युको देउरासम्म र सेती नदीले तलकोटको मेलबिसौनादेखि केदारस्युको देउ...

३६ वर्षदेखि लालपुर्जाविहीन दलित बस्ती

दैलेख । आठबिस नगरपालिका–१ सुकिपिप्लीमा २१ घरधुरी दलित २०४० सालदेखि बस्दै आएका छन् । उनीहरूसँग लालपुर्जा छैन । उनीहरूले आफू बस्दै आएको भूमिको लालपुर्जा पाउन धेरै प्रयास गरे । २०४० सालमा तत्कालीन साविक सात्तला गाविस–६ मा आएको बाढीपहिरोका कारण विस्थापित भएपछि उनीहरू सुकिपिप्लीमा बस्दै आएका हुन् । त्यसबेला बाढी पहिरोले घर र खेतबारी सबै बगाएपछि …

दशक बित्दा पनि देविपुरवासीले पाएनन् लालपुर्जा

कपिलवस्तु : कपिलवस्तु घटना घटेको दशक पूरा भइसकेको छ, तर हालसम्म नत पीडितले न्याय पाएका छन् नत सहायता नै। विसं २०६४ साल भाद्र ३० गते कपिलवस्तुको चन्द्रौटामा भएको घटनापछि विस्थापित हुनेहरूको पीडा ज्यूँका त्यूँ छन्। घटनापश्चात् विस्थापित भएकाहरूको पुनर्स्थापनाकिलागी निर्माण गरिएको बस्ती हालसम्म लालपुर्जाविहीन भएको छ। २०५९ सालमा...

विस्थापित परिवारलाई जग्गा र लालपुर्जा

विनाशकारी भूकम्पका कारण थातथलो छाडेर विस्थापित भएका परिवारलाई जग्गा र लालपुर्जा वितरण गरिएको छ । उत्तरी धादिङको खनियाबास, रुबिभ्याली गाउँपालिकाका भूकम्प प्रभावित २४ घर परिवारलाई जग्गा वितरण गरिएको हो।

तेस्रोपटक विस्थापित हुँदै ५५ माझी परिवार

इन्द्रावती गाउँपालिका–५ प्यूघरका सूर्यबहादुर माझीसँग आफ्नो नाममा भएको जग्गाको लालपुर्जा छ । भूकम्पले घर ढालेपछि टहरामा बस्दै आएका उनको साथैमा भूकम्पपीडित कार्ड पनि छ । तर, घर बनाउने जग्गा छैन । “कागजमा धनी नै छु,” उनी भन्छन्, “तर भौतिक रूपमा सुकुम्बासी हुनुपरेको छ ।”

अब एमआरपी पुस्तिकाकै आकारमा विवरण र चिप्ससहितको लालपुर्जा

सरकारले जग्गा र जग्गाधनीको विवरण समेटिएको पुरानो लालपुर्जा विस्थापित गरी ‘स्मार्ट लालपुर्जा’ कार्ड वितरण गर्ने गृहकार्य अघि बढाएको छ । पहिलेका लालपुर्जाको कागज गुणस्तरीय नभएको, मसी खुइलिने र जग्गाधनीको तस्बिर प्रस्ट नभएको जस्ता आम गुनासा ‘स्मार्ट लालपुर्जा’ ले सम्बोधन गर्ने अपेक्षा मन्त्रालयले गरेको छ । यो खबर सुरेशराज न्यौपानेले आजको कान्तिपुरमा लेखेका छन्। यसका लागि भूमिसुधार मन्त्रालयले…