तेस्रोपटक विस्थापित हुँदै ५५ माझी परिवार

इन्द्रावती गाउँपालिका–५ प्यूघरका सूर्यबहादुर माझीसँग आफ्नो नाममा भएको जग्गाको लालपुर्जा छ । भूकम्पले घर ढालेपछि टहरामा बस्दै आएका उनको साथैमा भूकम्पपीडित कार्ड पनि छ । तर, घर बनाउने जग्गा छैन । “कागजमा धनी नै छु,” उनी भन्छन्, “तर भौतिक रूपमा सुकुम्बासी हुनुपरेको छ ।”

सम्बन्धित सामग्री

मोरङको चिसाङ र बक्राहा खोलामा बाढी, आठ परिवार विस्थापित

मोरङको चिसाङ र बक्राहा खोलामा आएको बाढीले आठ परिवार विस्थापित भएका छन् । सयौंँ बिगाहा जमिन कटान भएको छ । लगातारको वर्षापछि चिसाङ खोलामा आएको बाढीले कानेपोखरी, दुखीटोलका आठ परिवार विस्थापित भएका छन् । स्थानीय टेकबहादुर मगरका अनुसार सबिता दनुवार, सोममाया दनुवार, दिलबहादुर दनुवार, विष्णु माझी, उदयबहादुर माझी, लखन चौधरी, डम्बरबहादुर माझी र मोहन तिम्सिनाको परिवार विस्थापित भएको हो । विस्थापित परिवारलाई उद्दार गरी स्थानीय श्री मावि भौँसावारीमा राखिएको छ । मध्यरात चिसाङ खोलोले धार परिर्वतन गरी पूर्व हानिएपछि सो क्षेत्रका किसानको सयौँ विगाहा जमिन कटान भएको छ । मोहन तिम्सिनाले भन्नुभयो, 'लहलह भइसकेको धानखेत हेर्दाहेर्दै बगरमा परिणत भयो ।'