कैलाली - विक्रम विश्वकर्मा, कैलालीको टीकापुर नगरपालिका–८ अरुणाफाँटमा बस्नुहुन्थ्याे । खेतीपाती गरेर गुजारा टार्दै आएकाे उहाँकाे परिवार झण्डै २० वर्षअघि कर्णाली नदीमा आएकाे बाढीका कारण विस्थापित भयो।
विश्वकर्मा मात्रै हाेइन अरुणाफाँटका दर्जनौँ परिवार बाढीका कारण तितरबितर भए । जग्गा बगरमा परिणत भयो । अहिले जग्गाको नामनिसान नै छैन । तर, करिब दुई दशकपछि अहिले विश्वकर्माले जग्गाको खोजी सुरु गर्नुभएको छ ।
कर्णाली नदीमा तटबन्ध निर्माणपछि आफ्नो लालपुर्जा भएक...