बझाङ – बझाङमा बर्सेनि सेती नदीमा आउने बाढीले खेतीयोग्य जमिन बगाएर बगरमा परिणत गर्ने गरेको छ । सेती र कालंगा नदीमा आउने बाढीले जमिन बगाउँदा यहाँका बाढी पीडितसँग लालपुर्जा भए पनि जग्गा भने छैन ।
बझाङमा कुनै सरकारी कार्यालय, सङ्घ–संस्थासँग बाढीले कति जमिन बगाएको छ र बाढीले कति परिवार विस्थापित भए भन्ने यकिन तथ्याङ्क भने छैन ।
यकिन तथ्याङ्क नभए पनि बुङ्गल भएर बग्ने कालंगा नदीले दह बगरको लौनेदेखि केदास्युको देउरासम्म र सेती नदीले तलकोटको मेलबिसौनादेखि केदारस्युको देउ...