चुरोट पिउनु आफ्नै जिन्दगीसँग खेलवाड गर्नु जस्तै हो । चुरोटको लत छिटै लाग्छ तर छोड्न भने त्यति सजिलो छैन । शुरूमा आफ्नो साथीसँग बसेर एक दुई पटक चुरोट पिउने बानीले बिस्तारै चुरोटको अमली बनाउँछ । केही वर्षसम्म त चुरोटले शरीरमा खासै केही असर देखाउँदैन तर एक समय यस्तो आउँछ, चुरोटको खराब असर देखिन शुरू गर्छ ।
त्यसपछि अमल लागेको व्यक्तिले सयौंपटक चुरोट छोड्ने कसम खान्छ, सयौंपटक कोशिस गर्छ, केही पटक छोड्छ पनि । तर चुरोट छोड्नु जति गाह्रो उसलाई केही लाग्दैन । चुरोट पिउन छुटाउन धेरै संस्थाहरूले काम पनि गरिरहेका छन् तर छोड्ने...