आफू मोटो भएको भन्दै गरिएको आलोचनाहरूलाई ब्राजिलियन स्टार नेयमारले रमाइलो प्रतिक्रिया दिएका छन् । फ्रेन्च मिडियाले पछिल्लो समय नेयमारको तौलको विषयलाई लिएर आलोचना गरिरहेका छन् । गत हप्ता रेमिसविरुद्धको खेलपछि मिडियाले उनीबारे सो टिप्पणी गरेका थिए ।नेयमार बिहीबार ब्राजिल र चिलीविरुद्धको विश्वकप छनोट खेलमा पूर्ण समय खेलेका थिए । सो खेलमा ब्राजिल १–० ले विजयी बन्यो । खेलपछि सामाजिक सञ्जाल इन्सटाग्राममा स्टोरी पोष्ट गर्दै प्रश्न गरे, ‘के हामीले राम्रो खेल्यौँ ? अहँ ! के हामीले जित्यौ