काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले पुष्पकमल दाहाल नेतृत्वको नयाँ सरकार बन्ने प्रक्रियालाई आफूले सहजापूर्वक लिएको बताउनुभएको छ । सोमबार मन्त्रालयमा आयोजित आफ्नो बिदाई भेटमा बोल्दै नेपाली कांग्रेस नेता समेत रहनुभएका गृहमन्त्री खाँणले नयाँ सरकार गठन प्रक्रियालाई देशले पनि सहजतापूर्वक लिनुपर्ने बताउनुभयो । उहाँले नवनिर्वाचित प्रधानमन्त्री दाहाललाई आफूले फोनमार्फत बधाई तथा शुभकामना दिएको उल्लेख गर्दै दाहाल […]