त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन गरिएको निःशुल्क सटल बस सेवाले यात्रुलाई निकै सहज भएको छ । विमानस्थलमा रहेका कतिपय ट्याक्सी चालकले मिटरमा जान नमान्ने तथा भाडा महङ्गो लिएर यात्रुलाई दुःख दिएको गुनासो बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले तीन माइक्रो बसलाई सटल बसका रुपमा सञ्चालनमा ल्याएको थियो ।ती बसहरूले धमाधम सेवा दिन थालेपछि यात्रुलाई अहिले निकै सहज तथा राहत भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईँले जानकारी दिए । उनले भने, &ldqu