काठमाडौं : स्थानीय तहको निर्वाचन निर्धारित समयमै गर्न सत्ता गठबन्धनका सबै दलहरु सहमत भएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले निर्धारित समयमै निर्वाचन गराउने सहमति बनेको हो। सबै दलका नेताहरू संविधानअनुसार समयमै स्थानीय चुनाव गर्न राजी भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले थाहाखबरलाई जानकारी दिए । उनले भने, ‘सबै दलका नेताहरुले संविधान अनुसार नि