मुख्यमन्त्री राउतको आर्थिक तथा औद्योगिक सल्लाहकारमा कयाल

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आर्थिक तथा औद्योगिक सल्लाहकार नियुक्त गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको माघ २० को निर्णय अनुसार वीरगञ्जका सत्य नारायण कयाललाई आर्थिक तथा औद्योगिक सल्लाहकार नियुक्त गरेका हुन् । प्रदेश सरकारको औद्योगिक विकास तथा विभिन्न आर्थिक नीति र योजना तर्जुमामा सल्लाह तथा सुझाव दिने उद्देश्यले आर्थिक तथा औद्योगिक सल्लाहकार नियुक्त गरिएको मुख्यमन्त्री राउतले जनाएका छन् ।

सम्बन्धित सामग्री

बालाजु औद्योगिक क्षेत्र

करिब ६३ वर्षअघि स्थापना भएको बालाजु औद्योगिक क्षेत्र देशकै पहिलो औद्योगिक क्षेत्र हो । औद्योगीकरणका माध्यमबाट मुलुकमा आर्थिक विकास गर्ने उद्देश्यले ५ फागुन ०१६ मा यस औद्योगिक क्षेत्रको शिलान्यास तत्कालीन राजा...

प्रदेशको औद्योगिक र आर्थिक विकासका लागि सहयोग गर्न बेलायती सरकारलाई आग्रह

मोरङ – नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले प्रदेशको औद्योगिक र आर्थिक विकासका लागि सहयोग गर्न बेलायती सरकारसमक्ष आग्रह गरेको छ। बेलायती राजदूत निकोला पोलिटसँग सोमबार विराटनगरस्थित महासंघको कार्यालयमा आयोजित भेटघाटका क्रममा महासंघका प्रदेश अध्यक्ष टीकाराज ढकालले प्रदेशको औद्योगिक विकासमा सीप र प्रविधि हस्तान्तरणमार्फत सहयोगको आग्रह गरेका थिए। कार्यक्रममा अध्यक्ष ढकालले प्रदेश १ का […]

औद्योगिक पूर्वाधारका लागि ३ अर्ब ८९ करोड बजेट

१५ जेठ, काठमाडौं । सरकारले औद्योगिक पूर्वाधारका लागि ३ अर्ब ८९ करोड बजेट छुट्याएको छ । विभिन्न औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रको पूर्वाधार विकास गर्न सरकारले यस्तो बजेट छुट्याएको हो । सरकारले गत आर्थिक वर्षबाट विभिन्न ठाउामा नयाँ औद्योगिक क्षेत्र निर्माण थालेको थियो ।

औद्योगिक पूर्वाधार निर्माणमा ३ अर्ब बजेट

सरकारले औद्योगिक पूर्वाधार निर्माण गर्न ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै औद्योगिक पूर्वाधार निर्माणमा ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।उक्त रकम देशका विभिन्न स्थानमा औद्योगिक पूर्वाधार निर्माणमा लगानी गरिने छ । यस्तै, औद्योगिक ग्राम र औद्योगिक क्षेत्रको निर्माणमा समेत लगानी गरिने छ ।

कालीकोटमा औद्योगिक ग्राम बन्दै

मान्म–कालीकोटको शुभकालिका गाउँपालिकामा औद्योगिक ग्राम बन्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालू आर्थिक वर्ष २०७८÷७९ मा शुभकालिकालाई औद्योगिक ग्राम बनाउन छनोट गरेको हो । देशभरका चार नगरपालिका र दुई गाउँ पालिकालाई मन्त्रालयले औद्योगिक ग्राम बनाउन छनोट गरेको हो । मन्त्रालयका अनुसार औद्योगिक ग्रामका लागि छनोट गरिएका स्थानीय तहमा शुभकालिकासँगै धनकुटाको महालक्ष्मी नगरपालिका, […]

गहन औद्योगिक संस्कृति विकासको आवश्यकता

समूहगत भावनामा आधारित आर्थिक विकास र समृद्धिको गति नै यथार्थमा औद्योगिक संस्कृतिको प्रतिफल र आर्थिक विकासको मेरुदण्डसमेत हो । गहन औद्योगिक संस्कृतिको विकासको प्रतिफलबाट निस्कने निकासले मात्रै राष्ट्रको आर्थिक सम्मुन्नतिको सम्मुन्नत खाकाहरू कोर्दै औद्योगीकरणलाई टेवा पु-याउन सक्दो सहयोग गर्ने अवस्था प्रारम्भ हुने देखिन्छ । प्रस्तुत अवस्था त्यतिबेला मात्र पूर्ण रूपले सम्भव रहन्छ, जतिबेला औद्योगिक मानवीय […]

कस्तो छ प्रदेश १ मा औद्योगिक उत्पादनको स्थिति ?

आर्थिक वर्ष २०७७/७८ मा प्रदेश १ को औद्योगिक उत्पादन घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा औद्योगिक उत्पादन घटेको हो । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा प्रदेशका उद्योगहरुको औसत उत्पादन क्षमता ५७.५ प्रतिशत थियो । जुन, गत आर्थिक वर्षमा घटेर ५२.९ प्रतिशतमा आइपुगेको हो ।राष्ट्र बैंकले गरेको प्रदेशको आर्थिक गतिविधि अध्ययनले प्रदेशमा गत वर्ष कपडा उद्योगको उत्पादन ३८८ प्रतिशतले बढेको उल्लेख छ । यस्तै, गत वर्ष इट्टाको उत्पादन ७६ प्रतिशतल

औद्योगिक पूर्वाधारको विकासका लागि निफ्रा र सेजबीच सम्झौता

औद्योगिक पूर्वाधारमा लगानी, विकास, निर्माण तथा सञ्चालनका लागि नेपाल पूर्वाधार बैंक र विशेष आर्थिक क्षेत्र प्राधिकरणबीच सहमति भएको छ ।निजी क्षेत्रको सहभागिता वा सार्वजनिक निजी साझेदारीमार्फत् औद्योगिक पूर्वाधार निर्माणका लागि सहमति भएको हो । समझदारीपत्रमा ५ प्रकारका विशेष आर्थिक क्षेत्र तथा बारा जिल्लाको सिमरामा अवस्थित विशेष आर्थिक क्षेत्र ब्लक ‘बी’ र ‘सी’ को प्राविधिक र […]

परिसंघले सार्वजनिक गर्यो औद्योगिक प्रतिवेदन

प्रमुख औद्योगिक क्षेत्रका औद्योगिक गतिविधिको अध्ययन गरेर नेपाल उद्योग परिसंघले पहिलो “औद्योगिक अवस्थिति प्रतिवेदन” सार्वजनिक गरेको छ । परिसंघले त्रैमासिक रुपमा सार्वजनिक गर्ने प्रतिवेदनको पहिलो अंक सार्वजनिक गरेको हो ।गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा उत्पादनमूलक उद्योग, सेवा क्षेत्र, कृषि र ऊर्जा क्षेत्रका उद्योगको अवस्थाका विषयमा प्रतिवेदनमा विस्तृत तथ्यांक समेटिएको छ । यस प्रतिवेदनले उक्त अवधिमा उद्योगहरूले कूल उत्पादन क्षमताको ६४.८ प्रतिशत क्षमता उपयोग गरेको देखाएको छ ।प्रति

औद्योगिक अध्ययन केन्द्र

विराटनगर । उद्योगपति एवं समाजसेवी स्व महेन्द्र गोल्छाको नाममा औद्योगिक अध्ययन केन्द्र स्थापना हुने भएको छ । उद्योग सङ्गठन मोरङले उद्योग र विश्वविद्यालयबीचको लिङ्केज अभिवृद्धि गरी आर्थिक विकासका विविध आयाममा अध्ययन अनुसन्धानका विभिन्न कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्र सञ्चालनमा ल्याएको छ । पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यमा कार्यान्वयन गरिने यो औद्योगिक अध्ययन केन्द्रलाई […]