धरान । धरान उपमहानगरपालिकाको निर्देशन उल्लङ्घन गर्दै धरानका निजी विद्यालय तथा कलेजहरूले विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरिरहेको पाइएको छ । मङ्गलबार धरानका विभिन्न विद्यालय तथा कलेजहरूमा अनुगमन गर्दा उपमहानगरपालिकाको निर्देशन विपरीत भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरिरहेको पाइएको हो । धरान उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा अधिकृत मनोज भट्टराई, नगर प्रमुखका स्वकीय सचिव राजेशमान श्रेष्ठ, बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटा, नगर प्रहरी निरीक्षक विष्णु कोइरालासहित