मतदानका दिन नियोकले ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने

काठमाडौँ । स्थानीय तह निर्वाचन पर्यवेक्षण प्रक्रियालाई थप वैज्ञानिक, यथार्थ एवं तथ्यपरक बनाउन राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले राष्ट्रियस्तरमा ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने भएको छ ।      मतदानका दिन स्थलगत रूपमा खटिएका पर्यवेक्षकसँग नियमित एवं प्रत्यक्ष सम्पर्क स्थापना गरी सूचना संकलन र सम्प्रेषणलाई जीवन्त एवं विश्वसनीय बनाउन सेन्टर स्थापना गर्न लागिएको नियोकका अध्यक्ष प्रा. कपिल श्रेष्ठले जानकारी दिए ।      कल सेन्टर सञ्चालनमा प्राविधिक विज्ञ तथा तालिम प्राप्त सूचना संकलक गरी ६० देखि ६५ जनाको जनशक्ति व्यवस्था गरिने पनि नियोकले जानकारी दिएको छ । मतदानस्थलमा कुनै अप्रिय घटना भएमा सोको विवरण कल सेन्टरमा राखिएका दुईवटा नम्बरमा जानकारी गराउने व्यवस्था मिलाइएको छ । यसका लागि नियोकले ९८००८३४१४७ र ९८४१४५५५०४ गरी दुई वटा हटलाइन नम्बर उपलब्ध गराएको नियोकका महासचिव देविकानन्द तिमल्सिनाले बताए । दुवै नम्बर वैशाख ३० गते निर्वाचनका दिन २४ सै घण्टा खुला रहने छ ।      नयाँबानेश्वरको अल्फा हाउसमा सञ्चालन गरिने कल सेन्टरमा सञ्चारकर्मीका लागि मिडिया सेन्टर पनि स्थापना गरिने भएको छ । मिडिया सेन्टरमा बिहान १०:३०, अपराह्न २:३० र साँझ ७:३० बजे पर्यवेक्षणसम्बन्धी जानकारी दिन पत्रकार सम्मेलनको आयोजनासमेत गरिने भएको छ ।       स्वतन्त्र, निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण निर्वाचन नै लोकतन्त्रको आधारशीला भएकाले स्थानीय तहको निर्वाचन इमान्दारी, जिम्मेवारी र जवाफदेहीरूपमा सम्पन्न गराउन नियोकले निर्वाचन आयोग, सरकार, राजनीतिक दल, उम्मेदवारलगायत सरोकार भएका सबैमा आह्वान गरेको छ ।      नियोकले सात प्रदेशका ७७ वटै जिल्लामा एक हजार ३०० पर्यवेक्षक खटाउने भएको छ । पर्यवेक्षकका लागि प्रशिक्षण र परिचयपत्र उपलब्ध गराउनेलगायत तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष श्रेष्ठले बताए ।      नियोकले मंगलवार राति १२ बजेदेखि शुरू भएको मौन अवधिको पनि पर्यवेक्षण देशभर भइरहेको बताएको छ । निर्वाचनसम्बन्धी अन्य क्रियाकलापको पनि पर्यवेक्षकले सूक्ष्म रूपमा पर्यवेक्षण एवं विश्लेषण गरिरहेको बताइएको छ । रासस

सम्बन्धित सामग्री

नेपाल लाइफको कल सेन्टर दसैं बिदामा पनि

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दसैंको बिदामा पनि कल सेन्टर सञ्चालन गर्ने भएको छ । जिज्ञासा तथा गुनासो सुनुवाइका लागि कल सेन्टर सुविधा सुचारु राख्ने कम्पनीले जनाएको छ ।यस इन्स्योरेन्सले आफ्नो कल सेन्टर दसैंको बिदाको अवधि (दसैँको टीकाको दिनबाहेक) बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।

चौरजहारी नगरपालिकामा 'कल सेन्टर' स्थापना

रुकुम – नगरवासीलाई आपतकालीन सेवाको लागि रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सम्पर्क केन्द्र (कल सेन्टर) स्थापना गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिकाबाट सञ्चालन भएका एम्बुलेन्स तथा अन्य आपतकालीन सेवाको सहजता र प्रभावकारीताको लागि कल सेन्टर स्थापना गरेको जनाएको छ । चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले एम्बुलेन्स सेवा तथा अन्य आपतकालीन सेवाको व्यवस्थित र सहज पुहँच स्थापनाको लागि कल सेन्टर स्थापना गरिएको बताउनुभयो । उहाँका अनुसार यस सेवाको लागि सर्वसाधा...

ललितपुर महानगरमा पनि कल सेन्टर सञ्चालन गरिने

काठमाडौँ । ललितपुर महानगरपालिकाले पनि कल सेन्टर सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै महानगरका मेयर चिरिबाबु महर्जनले कल सेन्टर सञ्चालन गरिने बताए । महानगरवासीले सजिलैसँग गुनासो र आफ्नो समस्या राख्न पाउने गरी कल सेन्टर सञ्चालनमा ल्याइने जनाइएको छ । महानगरको नीति तथा कार्यक्रममै समावेश गरेर कार्यान्वयनमा ल्याउन लागिएको महानगरले […]

काठमाडौं महानगरद्वारा कल सेन्टर सञ्चालन

काठमाडौं, २३ जेठ । काठमाडौं महानगरपालिकाले कल सेन्टर सञ्चालनमा ल्याएको छ । महानगरमा भएका समस्या, गुनासो सुन्नका लागि भन्दै महानगरले कल सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । यसअघि जेठ १६ गते महानगरको पहिलो कार्यपालिका बैठकको निर्णय अनुसार सोमबारदेखि राष्ट्रिय सभागृहमा केन्द्रमा कल सेन्टर सञ्चालनमा ल्याइएको हो । कुनै गुनासो वा समस्या भए १६६००१०५५११ मा निःशुल्क […]

काठमाडौं महानगरद्वारा कल सेन्टर सञ्चालन

काठमाडौँ – काठमाडौं महानगरपालिकाले कल सेन्टर सञ्चालनमा ल्याएको छ। महानगरमा भएका समस्या, गुनासो सुन्नका लागि भन्दै महानगरले कल सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ। यसअघि जेठ १६ गते महानगरको पहिलो कार्यपालिका बैठकको निर्णय अनुसार सोमबारदेखि राष्ट्रिय सभागृहमा केन्द्रमा कल सेन्टर सञ्चालनमा ल्याइएको हो। कुनै गुनासो वा समस्या भए १६६००१०५५११ मा निःशुल्क फोन गरेर टिपाउन सकिने महानगरले […]

काठमाडौँ महानगरमा सञ्चालनमा आयो कल सेन्टर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सञ्चालनमा ल्याएको छ । महानगरको १६ जेठमा बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सोमबारदेखि राष्ट्रिय सभागृहमा केन्द्रमा कल सेन्टर सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ । काठमाडौँबासीको गुनासो सुन्नका लागि कलसेन्टर सञ्चालनमा ल्याएको भन्दै […]

काठमाडौं महानगरमा सञ्चालनमा आयो कल सेन्टर

२३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सञ्चालनमा ल्याएको छ । महानगरको १६ जेठमा बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सोमबारदेखि राष्ट्रिय सभागृहमा केन्द्रमा कल सेन्टर सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ । काठमाडौंबासीको गुनासो सुन्नका लागि कलसेन्टर सञ्चालनमा […]

जनगुनासो सम्बोधन गर्न काठमाडौं महानगरको कल सेन्टर सञ्चालनमा

काठमाडौं महानगरपालिकाले जनगुनासो सम्बोधन गर्न कल सेन्टर सञ्चालनमा ल्याएको छ। महानगरले सोमबारबाट कल सेन्टर सञ्चालनमा ल्याएको हो। सूचना प्रविधि विभाग प्रमुख नमराज ढकालका अनुसार कार्यपालिका बैठकको  निर्णयअनुसार १६६००१०५५११ टोलफ्री नम्बरसहितको कल...

प्रयोगविहीन किसान कल सेन्टर

किसानलाई कृषिसम्बन्धि जानकारी दिने उद्देश्यले सञ्चालन गरिएको किसान कल सेन्टर प्रयोगविहीन भएको छ। सरकारी उदासिनता र आर्थिकसँगै जनशक्ति अभावका कारण उक्त कल सेन्टर प्रयोगविहीन भएको हो।...