नेकपा (दहाल–नेपाल) पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली झुटको अर्को नाम भएको टिप्पणी गरेका छन्।ओली घमण्ड, दम्भ, झुटको अर्को नाम भएको टिप्पणी गर्दै नेता नेपालले, ‘नेकपा आफूसँग रहेको भनेर उहाँ झुट बोल्दै हिँड्नु भएको छ।बहुमत सदस्य हामीसँग छ अनि पार्टीको लेगेसी कसरी अरुसँग हुन्छ ?’ उनले प्रश्न गरे ।