अफ्रिकी मुलुक जाम्बियाका प्रथम राष्ट्रपति केन्नेथ काउन्डाको निधन भएको छ । उहाँको ९७ वर्षको उमेरमा बिहीबार निधन भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । जाम्बिया मन्त्रीपरिषद्का सचिव सिमोन मिटीले स्थानीय समय अनुसार बिहीबार दिउँसो साढे २ बजे उहाँको निधन भएको पुष्टि गर्नु भएको हो ।
उहाँलाई उपचारका लागि गत सोमबारदेखि राजधानी लुकासामा रहेको सैन्य अस्पतालमा भर्ना गरिएको थियो । निमोनियाका कारणले उहाँको निधन भएको उहाँको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । उहाँलाई यसअघि कोरोनाभाइरसको सङ्क्रमण भएको पनि भनिएको थियो ।