निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षणका लागि आवेदन आह्वान गरेको छ । मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचन सम्बन्धी काम कारवाहीको विश्वसनीयता अभिवृद्धि गर्ने उद्देश्यले आयोगले इच्छुक अन्तर्राष्ट्रिय संस्थाहरुलाई पर्यवेक्षणका लागि आवेदन दिन आह्वान गरेको हो । आइतबार प्रकाशित सूचनाअनुसार इच्छुक अन्तर्राष्ट्रिय संस्थाहरुले १५ दिनभित्र आयोगले तयार गरेको निर्वाचन पर्यवेक्षण व्यवस्थापन प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । साथै, निर्वाचनमा पर्यवेक्षण