त्रिवि सेवा आयोगको अध्यक्षका लागि आवेदन आह्वान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पदका लागि आवेदन आह्वान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोगको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको हो । इच्छुक नेपाली नागरिकले एक साताभित्र आवेदन दिन सक्ने सार्वजनिक सूचनामा उल्लेख छ । अध्यक्षको कार्यावधी तीन वर्षको हुनेछ । हेर्नुहोस् सूचना :