काठमाडौँ- सत्तारुढ नेपाली काँग्रेसका नेता डा. मिनेन्द्रप्रसाद रिजालले नेपालीलाई नागरिकताबिहीन बनाउने अधिकार राष्ट्रपतिलाई समेत नभएको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उनले जस्तोसुकै सम्मानित पद भएपनि नेपालीलाई नागरिकताबिहीन, मुलुकबिहीन बनाउने अधिकार नभएको बताएका हुन्। नागरिकता विधेयक ढुंगाको अक्षर नभएको उल्लेख गर्दै नेता रिजालले त्यसलाई तत्काल पारित गरेर लैजानुपर्ने बताए। […]