काठमाडौं । विभाजनउन्मुख बनेको नेकपा (एमाले) विवाद समाधानको दिशातिर अघि बढेको छ । सहमतिको प्रस्थानविन्दु केलाई मान्ने भनेर एमालेभित्र बहस भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जेठ २ मा फर्कनु ‘प्रतिगमन’ भएको बताएका छन् ।
प्रधानमन्त्री ओली र नेता माधवकुमार नेपाल आज (आइतबार) दिउँसो १ बजेपछि भेट्दै छन्...