बजार खुलेपनि बढेन सुनचाँदीको कारोबार

लामो समयको निषेधाज्ञापछि बजार खुल्दा पनि सुनचाँदीको कारोबार बढ्न सकेको छैन ।सरकारले बार अनुसार गत सातादेखि बजार पसल खुला गरेपनि कारोबार बढ्न भने सकेको छैन । कोरोना महामारीका कारण धेरैको रोजगारी गुमेकाले आम्दानी नहुँदा कारोबार बढ्न नसकेको हो । बजार खुला भएपनि सुनचाँदीको कारोबार बढ्न नसकेको सुनचाँदी व्यवसायी महासंघको भनाइ छ ।महासंघका अध्यक्ष माणिकरत्न शाक्यले […]

सम्बन्धित सामग्री

तिहारपछिको पहिलो कारोबार दिन सुनचाँदीको मूल्य बढ्यो, कति छ बजार भाउ ?

१ मंसिर, काठमाडौं । तिहारपछिको पहिलो कारोबार दिन सुन र चाँदीको मूल्य बढेको छ । मंसिर लागेसँगै विवाहको सिजन पनि सुरु हुँदा सुनको मूल्य बढेको हो । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि २७ कात्तिकमा प्रतितोला १ लाख १३ हजार २०० रुपैयाँमा  कारोबार भएको […]

सुनचाँदीको मूल्य स्थिर, कति छ आजको बजार भाउ ?

काठमाडौं । स्थानीय बजारमा सोमवार (आज) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख ३ हजार २०० रुपैयाँ कायम भएको छ । आइतवार पनि सुन सोही मूल्यमै कारोबार भएको थियो ।  त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर छ । महासंघका अनुसार आज चाँदी तोलाको १ हजार २९० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमै कारोबार भएको थियो ।  अन्तरराष्ट्रिय बजारमा भने आज सुनको मूल्य बढ्दो क्रममा छ । आज बजार खुलेसँगै ० दशमलव ११ प्रतिशतले बढेको छ । आज (नेपाली समय अनुसार बिहान ११:४० बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८४४ दशमलव ५२ डलर पुगेको छ । अघिल्लो कारोबार दिन (शुक्रवार) स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८४२ दशमलव ४६ डलरमा बन्द भएको थियो । त्यसैगरी आज डलरको मूल्य भने स्थिर छ । आज १ अमेरिकी डलरको विक्रीदर १३२ रुपैयाँ ८४ पैसा कायम भएको छ । अघिल्लो दिन‌ पनि १ अमेरिकी डलरको विक्रीदर १३२ रुपैयाँ ८४ पैसा थियो ।

सुनचाँदीको मूल्य स्थिर

नेपाल सुनचाँदी महासंघले आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको जानकारी दिएको छ । महासंघले आजको बजार भाउ तोक्दै हिजो आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जानकारी दिएको हो ।यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५०० र तेजाबी सुनको मूल्य १ लाख रुपैयाँ छ । हिजो आइतबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको थियो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९९ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ४०० रुपैयाँ कायम थियो । जुन, ६०० ले

सुनको मूल्य तोलाको ९८ हजार नाघ्यो

काठमाडौंः अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको कारोबार मूल्य बलियो हुँदै जाँदा स्थानीय बजार पनि महँगिएको छ। सोमबार सामान्य घटेको सुनको मूल्य पुन: तोलामा एक हजार रुपैयाँले बढेको छ।मंगलबारका लागि कारोबार मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुन तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला…

तिहारमा सुनचाँदीको व्यापार ७० करोडभन्दा  बढी

कोरोना महामारीले सुस्ताएको सुनचाँदीको बजार तिहारको समयमा जुरमुराएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दसैंपछि तिहारको समयमा सुनचाँदीको कारोबार ह्वात्तै बढेको हो ।दसैंको समयमा दैनिक २० किलोग्रामसम्म सुनको व्यापार भएको थियो । त्यसपछि देशभर दैनिक १० देखि १५ किलोग्रामका दरले सुनको बिक्री हुँदै आएको महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए । उनले दसैंपछि सुकेको सुनचाँदीको कारोबार तिहारमा एकाएक बढेको जानकारी दिए ।‘तिहारको २ दिन (धनतेरस र धनवन्तरी जयन्ती) मा दैनिक ४५ किलोग्रामसम्म सुन बिक

लगातार तेस्रो दिन सुनचाँदीको मूल्य स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघले लगातार तेस्रो दिनदेखि सुनचाँदीको कारोबार मूल्य स्थिर रहेको जानकारी दिएको छ । महासंघले आजको बजार भाउ तोक्दै तीन दिनदेखि सुनको मूल्य स्थिर रहेको जानकारी दिएको हो ।आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ छ । जुन, जेठ ८ गते पनि यही मूल्यमा कारोबार भएको थियो । यस्तै, हिजो ९ गते पनि सोही मूल्यमा भएको कारोबार आज पनि स्थिर रहेको छ । यसै गरी, आज चाँदीको कारोबार मूल्य पनि स्थिर छ । महासंघका अनुसार आज चाँदीको

आज सुनचाँदीको मूल्य स्थिर

आज बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार मूल्य तोक्दै स्थिर कायम भएको बताएको हो ।स्थिर मूल्य कायम भएसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ छ । हिजो पनि सुनको कारोबार यही मूल्यमा भएको थियो ।यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर कायम भएको महासंघले जानकारी दिएको छ । जसअनुसार, आज चाँदीको प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदीको भाउ ओरालो लाग्यो

काठमाडौं, मंसिर ५ । आइतबार सुनचाँदीको भाउ ओरालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ७ सयले घटेर ९३ हजार ७ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार एक सयले ओरालो लागेर ९४ हजार ४ सयमा कारोबार भएको थियो । यस दिन चाँदीको भाउ पनि तोलामा १५ […]

चाडपर्वमा सुनचाँदीको कारोबार उत्साहजनक

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताएको छ ।महासंघका अध्यक्ष माणिकरत्न शाक्यले गत वर्षको तुलनामा यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताए । उनले विगतका दुई वर्षमा कोरोना भाइरसका कारण व्यापार हुन नसकेको भए पनि यस वर्षको चाडवाडमा अपेक्षा अनुसारकै व्यापार भएको बताए ।अध्यक्ष शाक्यले चाडवाड पछिका केही दिन बजार सुस्त […]

ओरालो लाग्यो सुनचाँदीको भाउ

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सयले ओरालो लागेर ९० हजार ९ सयमा कारोबार भेरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।