काठमाडौं । स्थानीय बजारमा सोमवार (आज) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख ३ हजार २०० रुपैयाँ कायम भएको छ । आइतवार पनि सुन सोही मूल्यमै कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर छ । महासंघका अनुसार आज चाँदी तोलाको १ हजार २९० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमै कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा भने आज सुनको मूल्य बढ्दो क्रममा छ । आज बजार खुलेसँगै ० दशमलव ११ प्रतिशतले बढेको छ । आज (नेपाली समय अनुसार बिहान ११:४० बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८४४ दशमलव ५२ डलर पुगेको छ । अघिल्लो कारोबार दिन (शुक्रवार) स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८४२ दशमलव ४६ डलरमा बन्द भएको थियो ।
त्यसैगरी आज डलरको मूल्य भने स्थिर छ । आज १ अमेरिकी डलरको विक्रीदर १३२ रुपैयाँ ८४ पैसा कायम भएको छ । अघिल्लो दिन पनि १ अमेरिकी डलरको विक्रीदर १३२ रुपैयाँ ८४ पैसा थियो ।