भद्रपुर : झापामा १६ जना गैर-नेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा पक्राउ परेकामध्ये दुईजना धरौटीमा रिहा भएका छन्। झापामा नागरिकता प्रकरणमा मुछिएर पक्राउ परेका मध्ये दुईजनालाई उच्च अदालत इलामले धरौटीमा रिहा गरी तारेखमा छाड्न आदेश दिएको हो।
उच्च अदालतका न्यायाधीश शिवनारायण यादव र विष्णुप्रसाद कोइरालाले संयुक्त इजलासले...