ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्री विजयकुमार गच्छदार धरौटी बापतको १० लाख रुपैयाँ नगद बुझाएर छुटेका छन् । बयान पछि १० लाख रुपैयाँ धरौटी बुझाएर गच्छदार रिहा भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए । उनले भने – ‘तत्काल प्राप्त प्रमाणका आधारमा यी प्रतिवादीको हकमा विशेष अदालत ऐन २०५९ को दफा ७(घ) बमोजिमको अवस्था विद्यमान रहेको देखिदाँ पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुनेगरी हाललाई यी प्रतिवादी सँग रु १० लाख नगद वा सो बराबरको बैंक ग्यारेन्टी माग गरिएको छ । उ