पोखरामा कांग्रेस र समाजवादी दुवैले दाबी छाडेनन्, कांग्रेसले गर्यो तालमेल टुटेको घोषणा

पोखरा, ५ बैशाख । पोखरा महानगरको मेयर लगायतका पदमा सत्ता गठबन्धनका दुई दलबीच तालमेल टुटेको छ । मुख्य पदमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी दुवैले आफ्नो दाबी नछाडेपछि कांग्रेसले समाजवादीसँग तालमेल टुटेको घोषणा गरेको हो । कास्की कांग्रेसले एक विज्ञप्ती जारी गर्दै समाजवादीको अस्वभाविक दाबीको कारण सहमति जुट्न नसकेको उल्लेख गरेको छ । कांग्रेसले […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धनले मिलायो ६ वटै महानगरको भागवण्डा, कुन कसलाई ?

सत्ता गठबन्धनको बैठकले ६ वटै महानगरपालिकाको भागवण्डा मिलाएको छ । आज मंगलबार बसेको गठबन्धनको बैठकले काठमाडौँ, ललितपुर, विराटनगर, बिरगंज, भरतपुर र पोखरा महानगरको भागवण्डा टुंगो लगाएको हो ।  जस अनुसार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर पाउने भएको छ भने जसपाले वीरगञ्ज तथा माओवादी केन्द्रले भरतपुर पाउने सहमति भएको छ। पोखरा भने एकिकृत समाजवादीलाई दिने सहमति भएको छ । यसअघि पोखरामा  कांग्रेस र एकिकृत समाजवादी दुवैले दाबी गरेको कारण पोखरामा सहमति हुन सकेको थिएन।  आफुले पनि एउटा महानगर पाउनु पर्ने एकिकृत समाजवादीको अडान थियो भने कास्कीका नेताहरुले पोखरा छोड्न नसकिने बताउदै आएका थिए।  यसै विषयमा छलफल गर्न कांग्रेस सभापति शेर बहादुर देउवाले कास्कीका नेताहरुलाई काठमाडौँ बोलाएका थिए । देउवासँगको छलफलपछि कास्कीका कांग्रेस नेताहरु पोखरा छाड्न तयार भएका हुन् । छलफलमा देउवाले गठबन्धन बचाउनको लागि पोखरा छोड्नु पर्ने बाध्यता रहेको बताएका थिए ।आजको बैठकले  उपमहानगरको पनि बाँडफाँडको टुंगो लगाउने छ । सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेको सत्ता गठबन्धनले महानगर र उपमहानगरको भागवण्डा केन्द्रबाट नै गर्ने निर्णय गरेको थियो ।

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै, पोखरा कसले लिने भन्नेमा विवाद

महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज मंगलबार पनि बस्दै छ । सोमबार २ पटक बसेको बैठकले भागवण्डा मिलाउन नसकेपछि आज फेरि बैठक बस्न लागेको हो । बैठक ११:३० मा बस्ने छ । हिजोको बैठकले पोखरा बाहेकका सबै महानगरको भागवण्डा टुंगो लगाएको छ । जस अनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर पाउने तथा जसपाले वीरगञ्ज पाउने र माओवादी केन्द्रले भरतपुर पाउने सहमति भएको छ। पोखरामा भने कांग्रेस र एकिकृत समाजवादी दुवैले दाबी गरेको कारण पोखरामा सहमति हुन सकेको छैन ।  आफुले पनि एउटा महानगर पाउनु पर्ने एकिकृत समाजवादीको अडान छ भने कास्कीका नेताहरुले पोखरा छोड्न नसकिने बताउदै  आएका छन् ।  यसै विषयमा छलफल गर्न कांग्रेस सभापति शेर बहादुर देउवाले कास्कीका नेताहरुलाई काठमाडौँ बोलाएका छन् ।  सत्ता गठबन्धनको बैठकले महानगर सहित उपमहानगरको पनि बाँडफाँडको टुंगो लगाउने छ । सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेको सत्ता गठबन्धनले महानगर र उपमहानगरको भागवण्डा केन्द्रबाट नै गर्ने निर्णय गरेको थियो ।