पूर्व–पश्चिम राजमार्ग अन्तर्गत् बाराको पथलैया–निजगढ सडक खण्डको दुधौरा खोला पुल निर्माणको काम अलपत्र परेको छ । निर्माण सम्झौता हुँदाको म्याद सकिएको ३ वर्ष बितिसकेको छ । तर न त सरकारले पुल निर्माणका लागि पर्याप्त बजेट छुट्याएको छ, न त निर्माण कम्पनीले नै सम्झौताअनुसार काम गरेको छ ।