विराटनगर । नेकपाको प्रचण्ड–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव गर्दा गरेको शैलीमा पहिला उक्त समूहका तीन मन्त्रीहरुले सामूहिक राजीनामा दिई अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका हुन् ।