काठमाडौं : एसिडपीडित मुस्कान खातुनको कथामा आधारित रहेर बन्न लागेको फिल्म 'मुस्कान'मा वन तथा वातावरणमन्त्री प्रदीप यादव नखेल्ने भएका छन्। एउटा मन्त्रीको रूपमा धेरै जिम्मेवारी थपिएपछि फिल्म छायांकनका लागि समय नमिल्ने भन्दै यादवले फिल्म नखेल्ने बताएका हुन्। सोमबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूले फिल्म नखेल्ने कुरा स्पष्ट पारेका हुन्। उनले लेखेका छन्, 'समाजलाई सचेत बनाउने जनचेतनामूलक फिल्म बनाउन ,अभिनय गर्ने विषयमा केही समयअगाडि कलाकार श्री रमित ढुङ्गानाज्यूको