निर्वाचन मिति नजिकिँदै जाँदा मन्त्री तथा सांसदहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न योजना उद्घाटन र शिलान्यास कार्यक्रममा सहभागी हुन भ्याई–नभ्याई छ । यसै क्रममा बिहीबार बिहान ८ बजे सिमरा विमानस्थल आइपुगेका वन तथा वातावरण मन्त्री प्रदीप यादवले दिउँसो २ बजे काठमाडौं फर्कनु अघि ५ वटा योजना शिलान्यास गर्न भ्याएका छन् ।वनमन्त्री यादवले आफ्नो निर्वाचन क्षेत्र (पर्सा क्षेत्र नं १) मा करिव १ अर्बको लगानीमा बन्ने पर्सा प्राणी उद्यान (चिडियाखाना) शिलान्यास गरेका छन् । मधेस प्रदेशकै मात्रै नभएर देश