एमसीसी र संसद् खुलाउने विषयमा एमालेसँग छलफल भयो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमसीसी र सदन खुलाउने विषयमा एमालेसँग छलफल भएको बताएका छन् । बिहीबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरूसँगको छलफलबाट बाहिरिने क्रममा क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले छलफलका क्रममा आ-आफ्ना कुरा राखिएको बताए ।'एमसीसी र सदन खुलाउने विषयमा छलफल भयो । आ-आफ्ना कुरा राखियो ' प्रचण्डले भने । माओवादीसँग छलफल गर्नुअघि एमालेले सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेससँग छलफल गरेको थियो भने प्रधानम

सम्बन्धित सामग्री

सभामुख, प्रचण्ड र नेपाललाई ओलीको जवाफी हमला, एमसीसी कार्यान्वयनमा जोड

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी परियोजना संसद्बाट अनुमोदन भएपछि मंगलबार दिउँसो काठमाडौँमा पत्रकार सम्मेलन गरी आफ्ना धारणाहरू सार्वजनिक गरेका छन् । उनले आफ्नो सरकारले एमसीसी पास गर्न संसद्‍मा अगाडि बढाउन खोज्दा एमालेले जस लिन्छ भनेर अन्य दलहरूले रोकेर अहिले पास गरेको आरोप लगाए । साथै सभामुख, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल आफ्नो पदको रक्षाका लागि एमसीसी परियोजना अगाडि बढाउन बाध्य भएको दाबी गरे । साथै एमसीसी पारित गर्ने प्रक्रियामा सभामुखले असंसदीय व्यवहार गरेको बत

एमसीसी राष्ट्रघाती भए भीम रावलले केपी ओली मुर्दावाद भन्नुपर्छ: गगन थापा

काठमाडौँ, ८ फागुन: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदले अमेरिकी सहायता परियोजना (एमसीसी)को विरोध गर्नुअघि आफ्नै दलका अध्यक्षहरूको विरोध गर्नुपर्ने बताएका छन् । संसद् भवनबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै थापाले केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसी सम्झौता संसदमा दर्ता गरेको तथा पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव […]

वाइसीएलको बीचमा जब एक युवकले देउवा र प्रचण्ड मिलेर एमसीसी पास गर्दैछन् भने…

काठमाडौँ: बुधबार मध्यान्ह नयाँबानेश्वर चोक भरिभराउ थियो। दिउँसो १ बजे संसद् बैठक सुरु हुँदै थियो। मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) अमेरिकी परियोजना संसदमा टेबल हुने खबरले बाहिर माओवादी नेता, कार्यकर्ता, वाइसीएल विरोधमा उत्रिएका थिए। प्रदर्शनकारी, प्रहरी, सञ्चारकर्मीसँगै रमितेले भरिएको बानेश्वरको मूल सडकबाट सांसदको गाडी पनि जान सकेन। एमसीसीको विरोधमा उत्रेका वाइसीएलको भाषण…

प्रधानमन्त्री देउवा, दाहाल र माधव नेपाल छलफलमा, एमसीसी मुख्य विषय

काठमाडौं, २९ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। एमसीसीलाई लिएर सत्ता गठबन्धन नै धरापमा पर्न लागेको बेला तीन नेता आज छलफलमा जुटेका हुन् । प्रधानमन्त्री देउवाले एमसीसी यही फागुन २ गते बस्ने संसद् बैठकमा पेश गर्न चाहेका […]

प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । नेपाल प्रचण्डलाई भेट्न बुधबार बिहान उहाँको निवास खुमलटार पुग्नु भएको हो । दुई नेताबीच एमसीसी परियोजना, स्थानीय निर्वाचन, संसद् अवरोध, चुनावी मोर्चालगायत विषयमा छलफल भएको बताइएको छ । एमसीसीका बारेमा सत्तारुढ दलमै एकमत […]

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । अध्यक्ष नेपाल माओवादी अध्यक्षलाई भेट्न बुधबार बिहान उनको निवास खुमलटार पुगेको हुन् ।दुई नेताबीच एमसीसी परियोजना, स्थानीय निर्वाचन, संसद् अवरोध, चुनावी मोर्चालगायत विषयमा छलफल भएको बताइएको छ । एमसीसीको विषयलाई लिएर यतिबेला सत्तारुढ दलहरू विभाजित रहेका छन् । एमसीसी संसद्मा टेबल गर्ने विषयमा सहमति हुन नसक्दा बुधबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पनि सारिएक

संसद् खुलाउन सभामुखले राजीनामा दिनुपर्छ : एमाले

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपराह्न भएको छलफलमा स्थानीय तहको निर्वाचन, संसद्को गत्यावरोधको अन्त्य तथा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायतका विषयमा छलफल भएको हो । छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले […]

देउवा, ओली र प्रचण्डबीचको बैठक निष्कर्षविहीन (भिडियोसहित)

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीचको बैठक बिना निष्कर्ष टुंगिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै दुई घण्टा भएको छलफलमा प्रधानमन्त्रीले एमसीसी यसै संसद्को अधिवेशनबाट अगाडि बढाउनुपर्ने प्रस्ताव गरेपनि प्रचण्डले पहिले संसद् खुल्नुपर्ने, एमसीसी चुनावपछि आवश्यक संशोधनपछि मात्र राष्ट्रिय सहमति निमार्ण गरेर […]

देउवाको प्रस्तावमा प्रचण्ड–नेपालको आपत्ति

काठमाडौं, माघ १८। सत्ता गठबन्धनमा अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) को विषयलाई लिएर विवाद चर्किएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बालुवाटारमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमक्ष चालु संसद् बैठकबाट एमसीसी अनुमोदन गरेर अगाडि बढ्ने प्रस्ताव राखेका थिए । तर, उनको प्रस्तावमाथि प्रचण्ड र नेपालले आपत्ति जनाएका […]

देउवाको प्रस्तावमा प्रचण्ड–नेपालको आपत्ति

सत्ता गठबन्धनमा अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) को विषयलाई लिएर विवाद चर्किएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बालुवाटारमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमक्ष चालु संसद् बैठकबाट एमसीसी अनुमोदन गरेर अगाडि बढ्ने प्रस्ताव राखेका थिए । तर, उनको प्रस्तावमाथि प्रचण्ड र नेपालले आपत्ति जनाएका छन् ।प्रचण्डले एमसीसी परियोजना संशोधन नगरी संसद्मा लैजान नसकिने पुरानै अडान दोहोर्याउँदै संशोधन गरेर मात्र अगाडि बढा