२६ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णयप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आलोचना गरेका छन् । प्रधानमन्त्री प्रचण्डले संसदमा असाधारण समर्थन पाएपछि अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत राप्रपाको निर्णयको आलोचना गरेका हुन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै सुशासन र समृद्धिको निम्ति सरकारलाई समर्थन गर्न […]