बागलुङ : नेपोलियम बोनापाटको एउटा चर्चित भनाइ छ, ‘जसलाई हार्न डर लाग्छ, उसको हार निश्चित छ।’ त्यसैले हार्नबाट नडराएका एक व्यक्ति तेस्रो प्रयासमा प्रदेश सभाको भवन छिर्ने भएका छन्। प्रसंग हो बागलुङको।पटक–पटकको असफलतालाई आफ्नो सिकाइको रुपमा लिँदै आएका बागलुङ कांग्रेस सभापति जित शेरचन तेस्रो प्रयासमा प्रदेश संसद् भवन छिर्दै छन्। दुई पटकसम्म पराजित शेरचन तेस्रो प्रयासमा जनताले उनलाई संसद अनुमोदन गरेका छन्। २०७४ को प्रदेश निर्वाचन र २०७६ को प्रदेश उप–निर्वाचनमा