उम्मेदवारी खारेजी गर्ने आयोगको निर्णय शंकास्पद : डा तोसिमा कार्की

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेकी डा। तोसिमा कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गर्ने निर्णयप्रति शंकास्पद भएको बताएकी छन्।आफ्नो उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेकी डा कार्कीले  भनिन्, ‘आयोगले कतै बाहिरी शक्तिको प्रभावमा परि मेरो उम्मेदवारी त खारेज गरेको होइन भन्ने लाग्छ, मेरो उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय शंकास्पद छ।’कार्कीको नेपाल मेडिकल का

सम्बन्धित सामग्री

सासंद निर्वाचित भएपछि विजय र्‍यालीमा तोसिमा कार्की (फोटोफिचर)

राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर-३ बाट फराकिलो मतान्तरसहित निर्वाचित भएकी छिन्।...

ललितपुर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी

ललितपुर निर्वाचन क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धीभन्दा १३ हजार बढी मतले विजयी हुनुभएको हो । सो क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवार रहनुभएका माओवादी नेतृ तथा ऊर्जा मन्त्री पम्फा भुसाल तेस्रो स्थानमा खुम्चिनुभयो । डा. कार्कीले ३१ हजार १ सय ६३ मत सहित विजयी …

ललितपुर-३ बाट रास्वपाकी डा. तोसिमा कार्की विजयी

काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की विजयी हुनुभएको छ । बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १ सय ३६ मतका साथ विजयी हुनु भएको हो । नेकपा (एमाले) का अमृत भट्टराई र नेकपा (माओवादी केन्द्र) की पम्फा भुसाललाई भारी मतले पछि […]

पम्फा भुसाललाई पछि पार्दै दोस्रो स्थानमा उक्लिइन् डा तोसिमा कार्की

ललितपुर क्षेत्र नम्बर ३ मा डा तोसिमा कार्की दोस्रो स्थानमा उक्लिएकी छिन्। ९०७ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीकी डा कार्की दोस्रो स्थानमा आएकी हुन्।

ललितपुर ३: डा तोसिमा कार्की तेस्रो स्थानमा

ललितपुर क्षेत्र नम्बर ३ मा डा तोसिमा कार्की तेस्रो नम्बर छिन्। हालसम्मको मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीर्की डा कार्की ७०६ मतका साथ तेस्रो स्थामा छिन्।

डा. तोसिमा कार्की घरदैलो कार्यक्रममा व्यस्त

काठमाडौं– ललितपुर-३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले आफ्‍नो प्रचारप्रसारलाई निरन्तरता दिइरहेकी छन् ।  निर्वाचन आयोगले उम्मेदवारी खारेजीको माग गर्दै दिएको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला उनले आफ्नो प्रचारप्रसारलाई निरन्तरता दिएकी छन् ।  आयोगको डा. कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले तत्काल उम्मेदवारी खारेज नगर्न आदेश दिएको […]

आयोगको उम्मेदवारी खारेजविरूद्ध सर्वोच्च जाँदै तोसिमा

निर्वाचन आयोगले गरेको उम्मेदवारी खारेजविरुद्ध डा. तोसिमा कार्की सर्वोच्च अदालत जाने भएकी छन्।

उम्मेद्वारी खारेज गर्ने आयोगको निर्णयविरुद्ध डा. तोसिमा कार्की अदालत जाने

काठमाडौँ – ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने भएकी छन् । उनले शनिबार साँझ सामजिक सञ्जाल फेसबुक मार्फत आफ्नो उम्मेद्वारी खारेज गर्ने आयोगको निर्णयविरुद्ध अदालत जाने बताएकी हुन् । आयोगको शनिबार बसेको बैठकले डा कार्की बहाल रहेको नेपाल मेडिकल काउन्सिलको […]

आफ्नो उम्मेदवारी खारेजी विरुद्द डा. तोसिमा कार्की अदालत जाने

निर्वाचन आयोगले आफ्नो उम्मेदवारी खारेज गरिदिएपछि डा. तोसिमा कार्की अदालत जाने भएकी छिन् । आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी डा. कार्कीको उम्मेदवारीलाई निर्वाचन आयोगले अयोग्य कायम गर्ने निर्णय गरेको थियो।डा. कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई पदमा बहाल छिन् । नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्यको हैसियतमा निजको कुनै मासिक तलब नहुने तर उपस्थित भएको वैठकको भत्ता र अनुगमन गर्दाको भ्रमण भत्ता उपलब्ध गराइने व्यवस्था बमोजिम डा. कार्कीले मिति २०७९।१।९ देखि मिति २०७९।५।२ सम्म भत्ता बुझेको पाइएको उनको पद लाभको पद भएको आयोगले ठहर गरेको हो । उनले भने निश्चित तलब नहुने, बैठकमा उपस्थित हुँदा बैठक भत्ता मात्रै पाउने र निर्वाचित सदस्य भएकाले नेपाल मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नहुने बताएकी छिन्।ललितपुर ३ मा आफ्नो पक्षमा एकदमै राम्रो माहौल सिर्जना भइरहेको अवस्थामा निर्वाचन परिणाम फरक पार्ने गरि आएको यो किसिमको निर्णयका विरुद्ध अदालत जाने उनले बताएकी हुन् । उनले समर्थक तथा शुभचिन्तकहरुलाई कत्ति पनि विचलित नभई उच्च मनोवलले साथ निरन्तर दिन अनुरोध पनि गरेकी छिन् ।२०७९-०५-२८ मितिमा (मनोनयनको २५ दिन अगाडी नै) निर्वाचन आयोगको कार्यालयमा पत्र लेखेर नेपाल मेडिकल काउन्सिलको सो पद लाभको पद हुने वा नहुने बारेमा स्पष्ट पारिदिन निवेदन समेत दिएको तर निर्वाचन आयोगले सो निवेदनलाई जवाफ दिन आवश्यक पनि नठानेको उनले बताएकी छिन्।उनले भनेकी छिन् 'समय सकिए पछिको उजुरीलाई आधार मानेर आफैले समयमा प्रष्ट नपारेको निवेदनका बारेमा नखुली अहिले आएर सोही बिषयमा निर्णय गर्नुमा निर्वाचन आयोगको निष्पक्ष निर्णय हो भन्नेमा शंका गर्दछु । जसरी उजुरी समय पछि आए पनि निर्णय गरियो, त्यसरी नै मैले उम्मेदवारी दर्ता गर्नु भन्दा निकै पहिले दिएको निवेदनउपर पनि निर्णय गर्नु पर्थ्यो । यहाँनेर पनि निर्वाचन आयोगको निष्पक्षतामा शंका उब्जिन्छ । स्पष्टिकरण दर्ता गर्दा सर्वोच्च अदालतको नजिर पनि समावेश गरिएकोमा सोप्रति कुनै अभिलेखिकरणसम्म नगरि निर्णय गर्नु थप शंकास्पद हुन आउँछ । '