जिल्ला कारागार दार्चुलाका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । जिल्ला अस्पताल दार्चुलाका स्वास्थ्यकर्मीले कारागारभित्रै कैदीबन्दीलाई कोरोनाविरुद्धको बुस्टर जोड खोप दिएको हो ।यसअघि कोरोना खोप लगाउन छुटेका तथा बुस्टर डोज लगाउन बाँकी कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप दिइएको जिल्ला कारागार दार्चुलाका निमित्त जेलर रामराज पन्तले बताए । कारागारमा रहेका २९ जना कैदीबन्दी तथा दुई जना कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाइएको हो । कारागारमा हाल ५२ जना कैदी र १९ जना बन्दी रहेका छन् भने एक जना महिल