विराटनगर : प्रदेश १ सरकारले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष र सदस्य सचिव नियुक्त गरेको छ।मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको उपाध्यक्षमा मोरङको विराटनगरकी जीना कार्की र सदस्य सचिवमा ओखलढुंगा ज्यामिरेका हंशराज वाग्लेलाई नियुक्त गरेको प्रदेश १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए।यसअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारीले सन्तोषजनक काम गर्न नसकेकाले कारण बर्खास्त गर्ने निर्णय गरेको थियो। त्यस्तै