काठमाण्डौ – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नो पार्टीले आउँदो चुनावका लागि समानुपातिकतर्फको बन्दसूची सहमतिमा तयार पारेको दाबी गर्नुभएको छ ।
मङ्गलवार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता महतले यस्तो दाबी गर्नुभएको हो । उहाँले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा पठाउने निर्णय आम सहमतिबाट भएको बताउनुभयो । उहाँले समानुपातिकतर्फको बन्दसूचीमा कुनै एक पक्षको पक्षपोषण र अर्को पक्षको कमजोर पार्ने काम नभएको दाबी गर्दै एकलौटी गरियो, छलफल नै भएन भन्ने कुरामा कुनै पनि सत्...