झापा : स्थानीय सरकारले निकै तामझामका साथ मेचीनगर नगरपालिका–१५ मेचीपारिको ग्वालबस्तीमा बिजुली बलेको कार्यक्रम उद्घाटन गरेको थियो।२०७७ चैत ७ गते नगरपालिकाका मेयर विमल आचार्य र उपमेयर मीना पोखरेल (उप्रेती)ले संयुक्त रूपमा स्विच थिचेर बिजुली बालेका थिए। पहिलो पटक बिजुली पुगेपछि त्यहाँका बासिन्दा हर्षित भएका थिए।नगरपालिकाले उनीहरूलाई निःशुल्क मिटर पनि उपलब्ध गराएको थियो तर ग्वालबस्तीका बासिन्दाको त्यो खुसी धेरै दिन रहेन। अहिले ग्वालबस्तीका बासिन्दा फेरि अँध्यारोमा रात कटाउन बाध्य छन्।चैत