यो साता ७ अर्ब ५५ करोडको सेयर कारोबार, घट्दै कारोबार रकम

काठमाडौं । यो साता सेयर बजारमा सात अर्ब ५५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार गत साताको तुलनामा कारोबार रकम घटेको हो । गत साता नौ अर्ब ६४ करोड रुपैयाँको शेयर कारोबार भएकोमा यो साता कारोबार रकम दुई अर्ब नौ करोड रुपैयाँ घटेको छ...

सम्बन्धित सामग्री

७ अर्ब ६५ करोडको सेयर कारोबार, परिसूचक भने ओर्लियो

मंगलबार कुल ७ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार ५ अर्ब ३१ करोडको कारोबार भएको थियो । कारोबार रकम बढ्दा परिसूचक नेप्से भने २१.३४ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २१९० अंकमा कायम भएको छ ।

साताको पहिलो दिन आज ७ अर्ब ३ करोड रुपैयाँको सेयर कारोबार

काठमाडौँ । साताको पहिलो दिन आइतबार ७ अर्ब ३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यो कारोबार रकम बिहीबारको तुलनामा बढी हो । गत बिहीबार ५ अर्ब ७७ करोडको कारोबार भएको थियो । परिसूचक नेप्से भने १०.८३ अंकले घटेर २९२० अंकमा झरेको छ । कुल ४६ कम्पनीको मूल्य बढ्दा १३८ कम्पनीको घट्यो । ७ […]

सेयर बजार ३२ अंकले घट्यो, सबै उपसमूह राताम्मे

साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ३२.३९ अंकले घटेको छ । सो अंकको गिरावटपछि परिसूचक २७६९ अंकमा कायम भएको छ । कारोबार रकम पनि खुम्चिएको छ । कुल ६ अर्ब २७ करोड रुपैयाँको सेयर किनबेच भयो । यसअघि बुधबार ७ अर्ब ३७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

खुम्चिँदै सेयर बजार, परिसूचकसँगै कारोबार रकम पनि घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज पनि घटेको छ । आज बुधबार नेप्से परिसूचक ६० अंकले घटेर २८ सय ७६ अंकमा आइपुगेको हो । यसक्रममा आज जम्मा ६ अर्ब ६४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।यो कारोबार रकम हिजोको भन्दा पनि कम हो । हिजो मंगलबार नेप्सेमा ७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । यस्तै, आज जम्मा एक करोड ६१ लाख कित्ता सेयर खरिद बिक्री भएको छ । परिसूचक ६० अंकले घट्दा सबै समूहमा गिरावट आएको छ । कारोबारमा आएका १३ मध्ये १३ वटै समूह घटेका हुन् ।जसमध्ये, जीवन बीमा समूह ४२१ अंकले घटेको छ ।

सेयर बजारमा ४४ अंकको पहिरो, कारोबार रकम पनि खुम्चियो

आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४ अंकले घटेको छ । कारोबार समयदेखि नै ओरालो लागेको नेप्से परिसूचक बन्द हुँदासम्म ४४ अंकले घटेर रोकिएको हो । उक्त अंकको गिरावटसँगै २९ सय ३६ अंकमा आएर रोकिएको छ ।यसक्रममा आज ७ अर्ब ४९ करोड रुपैयाँको सेयर कारोबार भई १ करोड ५० लाख कित्ता सेयर मात्रै किनबेच भएको छ । यसक्रममा आज दुई वटा समूहमा सुधार आएको छ । आज अन्य र म्युचुअल फण्ड समूहमा सुधार आएको हो ।अन्य समूहमा १९ अंकको र म्युचुअल फण्ड समूहमा ०.०९ अंकको सुधार आएको नेप्सेले जनाएको छ । यसबाहेक अन्य सबै समूहमा

नेप्से परिसूचकमा ४७ अंकको गिरावट

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक ४७.४९ अंकले घटेको छ । मंगलबार बजारमा देखिएको तीव्र उताचढावपछि नेप्से ४७.५० अंकले घटेर २ हजार ८ सय २८ अंकमा झरेको हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.८७ अंकले घटेको छ । कारोबार रकम ७ अर्ब पनि पुग्न सकेन । दिनभर भएका ७५ […]

नेप्से परिसूचक २६ सय तल झर्‍यो, कारोबार रकम भने ७ अर्ब माथि

१२ वैशाख, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा करिब ७६ अंकको पहिरो गएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७५ दशमलव ७९ अंकले घटेर २ हजार ५ सय ७२ दशमलव २२ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ५६ अंकले घटेको छ । परिसूचकमा […]

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार रकम ७ अर्ब माथि

१९ चैत, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ८८ अंकले बढेर २ हजार ६ सय ३१ दशमलव ८९ अंकमा पुगेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ८३ अंकले बढेर ४ सय ६६ दशमलव ४२ […]