सल्लाघारीमा चैत २२ देखि ११ दिने भक्तपुर औद्योगिक महोत्सव

भक्तपुरमा आठौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव आयोजना हुने भएको छ ।

सम्बन्धित सामग्री

लक्ष्मीमार्ग सांस्कृतिक तथा औद्योगिक महोत्सव सुरु

सुन्दरहरैँचा, १९ मङ्सिर । मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा सांस्कृतिक तथा औद्योगिक महोत्सव सुरु भएको छ । स्थानीय कला संस्कृति तथा उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले डाँगीहाट युथ क्लबको आयोजनामा सोमबारदेखि सुरु गरिएको सो महोत्सव प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले शुभारम्भ गरेका थिए । महोत्सव शुभारम्भका अवसरमा विभिन्न जातजातिका सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएका थिए ।स्थानीय उत्पादनको बजारीकरणका लागि कृषितर्फका […]

मोरङमा लक्ष्मीमार्ग महोत्सव सुरु

१८ मंसिर, विराटनगर । मोरङको लक्ष्मीमार्गमा सांस्कृतिक तथा औद्योगिक महोत्सव सुरु भएको छ । डागीहाट युथ क्लबको आयोजनामा सोमबार महोत्सव सुरु भएको हो । ‘लक्ष्मीमार्ग सांस्कृतिक तथा औद्योगिक महोत्सव २०८०’ प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरे । स्थानीय कला संस्कृतिको प्रवर्द्धनमा महोत्सवको महत्वपूर्ण भूमिका रहने प्रदेश सांसद सुवेदीले बताए ।  महोत्सव उद्घाटनको विभिन्न जातजातिका सांस्कृतिक झाँकी […]

नेपालगन्ज औद्योगिक महोत्सव माघ २६ देखि

नेपालगन्ज उद्योग वाणिज्य सङ्घले आगामी २६ माघदेखि नेपालगन्जमा १२ दिने औद्योगिक महोत्सव आयोजना गर्ने भएको छ । सङ्घका अध्यक्ष टङ्क धामीको अध्यक्षतामा सम्पन्न भएको बैठकले आगामी माघ २६ देखि फागुन ८ गतेसम्म नेपालगन्ज महोत्सव –२०८० आयोजना गर्ने निर्णय गरेको हो ।

भक्तपुर औद्योगिक महोत्सव सुरु

नयाँ वर्ष २०८० तथा बिस्केट जात्राको अवसरमा भक्तपुरमा बिहीबारदेखि ‘सातौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’सुरु भएको छ।...

विर्तामोड औद्योगिक महोत्सव : अटोमोबाइल्समा उपभोक्तको आकर्षण

काठमाडौं । झापाको विर्तामोडमाा सञ्चालित विर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा अटोमोबाइल्स तर्फ पनि अवलोकनकर्ताहरुको ध्यान खिचिएको पाइएको छ । बुधबार दिउँसो महोत्सव अवलोकन गर्न पुगेका कनकाई नगरपाालिका निवासी त्रिलोचन उप्रेतीले नेक्सन इभिएक्कस जेठ लक्स कार खरिद गरेका छन् । कारको बजार मूल्य ४२ लाख ९९ हजार रहेको अल्सका अटो मोबाइल्स प्रालिका सेल्स म्यानेजर एजन न्यौपाानेले […]

भक्तपुर औद्योगिक महोत्सव सम्पन्न

भक्तपुर : विगत एघार दिन देखि सञ्चालन भईरहेको छैठौं भक्तपुर औद्योगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७८ र ७९ सम्पन्न भएको छ।पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज महोत्सवको समापन गरेका हुन्।“नयाँ बर्ष नयाँ सोच, युवाहरुको लागि छ प्रगतिको श्रोत” भन्ने मूल नाराका साथ नेपाली नयाँ वर्षको पूर्व सन्ध्यामा सुरु भएको यो मेला चैत्र २४ गते देखि बैशाख ४ सम्म भक्तपुरको सल्लाघारी स्थित तीनकुने चौरमा संचालन भएको थियो।उक्त  कार्यक्रममा बोल्दै नेकपा एकी

रोल्पामा प्रादेशिक औद्योगिक महोत्सव

रोल्पा (अस) । स्थानीय उत्पादनको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघ, रोल्पाको आयोजनामा रोल्पामा प्रादेशिक औद्योगिक महोत्सव शुरू गरिएको छ । जिल्लाको लिबाङमा बिहीवारदेखि प्रथम प्रादेशिक औद्योगिक, कृषि तथा व्यापार महोत्सव शुरू भएको हो । विशेषगरी रोल्पा, रुकुम लगायत  जिल्लामा उत्पादन हुने अल्लो कपडाको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक जानकारी दिएको छ । महोत्सवको उद्धाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्थानीय उत्पादनलाई अन्तरराष्ट्रिय बजारमा पुर्‍याउने बताए । ‘रोल्पा, रुकुम जस्ता दुर्गम जिल्लामा निकै मेहनत गरेर उत्पादन गरिएको अल्लो कपडा, लगायतका उत्पादनको बजारीकरण गरिनेछ,’ मुख्यमन्त्री केसीले भने, ‘स्थानीय उत्पादनलाई प्रदेश सरकारले आगामी वर्षको बजेटमा विशेष प्राथमिकतामा पनि राख्नेछ ।’ गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि प्रदेशका स्थनीय उत्पादन सीधै अन्तरराष्ट्रिय बजारमा पठाउन मिल्ने मुख्यमन्त्री केसीको भनाइ थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अजय शाहले प्रदेश सरकारले १२ ओटा उद्योग स्थापनाको तयारी गरिएको जानकारी दिए । ‘हामी स्वदेशमै रोजगारी सृजना गर्ने उद्योग स्थापनामा जोड दिँदै छौं,’ शाहले भने ‘उद्योगीहरू उद्योगमा लगानी गर्न तयार हुनुस्, लगानीको वातावरण हामी बनाउँछौं ।’ महोत्सवमा स्थानीय घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु, कृषि तथा अन्य विभिन्न वस्तुको व्यापारिक स्टलहरू राखिएका छन् ।

दाङ औद्योगिक महोत्सव बिहीवारदेखि शुरु, २० करोड बराबरको कारोबार हुने लक्ष्य

फागुन २७, दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा ‘दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८’ शुरु भएको छ । महोत्सवको उद्घाटन बिहीवार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गरे ।  महोत्सवको उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताए । उनले यस्ता महोत्सवले स्थानीय रुपमा उत्पादन गरिएका वस्तुहरुलाई बजारीकरण गर्न र पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा अत्यन्त महत्वपूर्ण भूमिका खेल्ने बताए ।  ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ मुल नाराका साथ फागुन २६ गतेदेखि शुरु भएको औद्योगिक महोत्सवको बारेमा जानकारी दिदैं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष एवं, महोत्सव मूल आयोजक समितिका संयोजक टंकसिंह बुढाथोकीले जिल्ला उद्योग वाणिज्य संघले यस क्षेत्रको आर्थिक, सामाजिक तथा पर्यटन विकासका लागि यस्ता महोत्सव विगतका समयदेखि लगाउँदै आएको बताए । यस महोत्सवले विशेष गरी दाङ जिल्लाको आर्थिक, सामाजिक र पर्यटन विकासमा टेवा पुर्‍याउने उनको भनाइ थियो ।  महोत्सवमा दाङसहित लुम्बिनी प्रदेशका १२ ओटै जिल्लाका गरी करीब ३२५ ओटा औद्योगिक तथा व्यापारीक वस्तुहरुको प्रदर्शनी एवं विक्री, हस्तकला, कृषि, जडिबुटी तथा पर्यटन सूचना एवं सूचना प्रविधिको प्रदर्शनी स्टलहरु रहेका छन् ।  महोत्सव शुरु हुनुभन्दा अघि घोराही बजार क्षेत्रबाट विभिन्न झाँकीसहितको शोभायात्रा गरिएको थियो । चैत ८ गतेसम्म चल्ने महोत्सव अवधिभर करीब ५ लाख दर्शकहरुले अवलोकन गर्ने र २० करोडको आर्थिक कारोबार गर्ने आयोजकको लक्ष्य छ ।

दाङ औद्योगिक महोत्सव हुँदै

दाङ (अस) । दाङ जिल्ला उद्योग वाणिज्य संघले ‘दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८’ सञ्चालन गर्ने भएको छ । संघले आउँदो फागुन २६ देखि चैत ८ गतेसम्म घोराहीमा महोत्सव आयोजना गर्ने भएको हो । ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ नारासहित सञ्चालन गरिने महोत्सवले विशेषगरी स्थानीय उत्पादनको पहिचान गर्दै यसलाई प्रवर्द्धन गर्ने महोत्सव मूल आयोजक समिति संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघ अध्यक्ष टंकसिंह बुढाथोकीले बताए । ‘उद्योग वाणिज्य संघले विभिन्न समय यहाँको उद्योग, व्यापार, कृषि एवं पर्यटनलगायत क्षेत्रको प्रवर्द्धनका लागि भूमिका खेल्दै आएको छ’, उनले भने, ‘यसैको निरन्तरतास्वरूप संघले महोत्सव आयोजना गर्दै छ ।’ महोत्सवले स्थानीय स्तरमा उत्पादित वस्तु तथा सेवाको पहिचान गरी बजार प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । महोत्सवले पर्यटन विकास एवं सांस्कृतिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष बुढाथोकीको भनाइ छ । संघले विभिन्न समिति तथा उपसमिति गठन गरेर महोत्सवको तयारीमा जुटेको जानकारी दिएको छ । घोराही उपमहानगर–१४ झिगौंरामा आयोजना गरिने महोत्सवमा औद्योगिक तथा व्यापारिक वस्तुको प्रदर्शनी एवं बिक्री, हस्तकला, कृषि, जडीबुटी तथा पर्यटन एवं सूचना प्रविधिको प्रदर्शनी गरिनेछ । महोत्सवमा लुम्बिनी प्रदेश १२  जिल्लाबाट विभिन्न व्यापारिक स्टल रहनेछन् भने करिब ५ लाख दर्शकले अवलोकन गर्ने र २० करोडको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ ।

प्रदेश १ मा लगानी भित्र्याउन बिर्तामोड औद्योगिक महोत्सव

पूर्वको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव, २०७५ भव्यताका साथ सञ्चालन भइरहेको छ । उद्योग वाणिज्य संघ बिर्तामोडको आयोजनामा माघ ११ देखि सुरु भएको महोत्सव २३ गतेसम्म सञ्चालन हुनेछ ।