मेलम्ची खानेपानी फेरि अनिश्चित

मेलम्चीको शिरमा गएको डरलाग्दो पहिरोको कारण काठमाडौंमा भर्खरै मात्र सञ्चालनमा आएको मेलम्चीको भविष्य फेरि अनिश्चित बनेको छ । अब मेलम्ची फेरि दीर्घ रोग र सपना मात्रै हुने त होइन भन्ने प्रश्न उब्जन थालेका छन् । नदीमा आएको लेदोसहितको बाढीले मेलम्ची खानेपानी सुरुङको मुहानमा ढुंगा, माटो, बालुवा तथा कंक्रिट र मुढा थुपारिदिएपछि पानीको सतह पनि देखिन […] The post मेलम्ची खानेपानी फेरि अनिश्चित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

मेलम्ची खानेपानी वितरण ५ जेठदेखि दुई साता बन्द हुँदै

मेलम्ची खानेपानी वितरण यही ५ जेठदेखि बन्द हुने भएको छ । मर्मतका लागि सोमबारदेखि दुई साता बन्द गर्ने भनिए पनि सरोकारवालाहरूको सुझावअनुसार ५ जेठपछि मात्रै मर्मत सुरु गरिन लागेको मेलम्ची खानेपानी...

मेलम्ची खानेपानी समिति फेरि बिउँतियो

मन्त्रिपरिषद्को सोमबार बसेको बैंठकले मेलम्ची खानेपानी विकास समितिलाई फेरि ब्युताउँने निर्णय गरेको छ।...

मेलम्ची खानेपानी विकास समिति खारेज

काठमाण्डाै – सरकारले मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गरेको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गरेको जानकारी दिनुभएको हो । उहाँले अब मेलम्ची खानेपानी आयोजनाको काम खानेपानी तथा ढल निकास विभागले गर्ने बताउनुभउयो ।  अहिलेसम्म मेलम्ची खानेपानी विकास समितिले नै मेलम्ची खानेपानी आयोजना निर्माणको काम गर्दै आए...

मेलम्ची खानेपानी विकास समिति खारेज, आयोजना अब खानेपानी विभागले हेर्ने

१५ जेठ, काठमाडौं । सरकारले मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गरेको छ । योसँगै अब मेलम्ची खानेपानी आयोजनाको काम खानेपानी तथा ढल निकास विभागले गर्नुपर्ने भएको छ । अहिलेसम्म मेलम्ची खानेपानी विकास समितिले नै मेलम्ची खानेपानी आयोजना निर्माणको काम गर्दै आएको थियो । सरकारले आगामी आर्थिक वर्षको […]

मेलम्ची खानेपानी पुनः वितरण सुरु

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरु गरिएको छ । आज आइतबार काठमाडौंमा खानेपानी मन्त्री उमाकान्त चौधरीले एक कार्यक्रमका बीच मेलम्ची खानेपानीको पुनः वितरण शुभारम्भ गर्नुभएको हो । मेलम्ची खानेपानी २०७७ साल चैत्र दोस्रो हप्तादेखि काठमाडौं उपत्यकामा वितरण सुरु भएको भएपनि २०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढी, पहिरोले खानेपानी आयोजनाको संरचनामा […]

मेलम्ची खानेपानी छिटै पुनः सञ्चालनमा

सिन्धुपाल्चोक, कार्तिक २४ । खानेपानी मन्त्री उमाकान्त चौधरीले अवरुद्ध मेलम्ची खानेपानी छिटै पुनः सञ्चालनमा आउने बताएका छन् । गत असार १ मा आएको बाढीले क्षति भएपछि मेलम्ची खानेपानी आयोजनामा पहिलोपटक नेपाल सरकारको मन्त्रीस्तरीय टोली स्थलगत अनुगमनमा पुगेको छ । बाढीले गरेको क्षति अवलोकन गर्न खानेपानी मुहान अम्बाथान पुगेका मन्त्री चौधरीले सञ्चारकर्मीहरूसँग मेलम्ची खानेपानी छिटै सञ्चालनमा […]

मेलम्ची खानेपानी आयोजनाको पुन:निर्माणका लागि एक अर्ब

काठमाडौँ । बाढी पहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुन:निर्माणको कामलाई तत्काल अगाडि बढाउन सरकारले एक अर्ब रुपियाँ उपलब्ध गराएको छ । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले काठमाडौँ उपत्यकामा जतिसक्दो छिटो मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउने गरी आयोजनाको पुन:निर्माणलाई अगाडि बढाउन सरकारले समितिलाई तत्कालका लागि एक अर्ब रुपियाँ उपलब्ध गराएको जानकारी दिए। यसअघि मेलम्ची खानेपानी […]

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङ सुरक्षित

सिन्धुपाल्चोकमा आएको बाढीपहिरोका कारण मेलम्ची खानेपानी आयोजनाको कतिपय संरचनामा क्षति पु¥याए पनि मुख्य सुरुङ भने सुरक्षित रहेको छ ।“आयोजनाको संरचनामा क्षति पुगे पनि मुख्य सुरुङ मार्गमा भने क्षति पुगेको छैन”, मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले आयोजना स्थलसम्मको सम्पर्क बनाउन तत्काल कम्तीमा १० किलोमिटर सडक निर्माण र चारवटा बेलिब्रिज जडान आवश्यक रहेकाले त्यसतर्फ अध्ययन थालिने जानकारी दिए । मेलम्चीमा असार १ गते आएको बाढीले त्यस क्षेत्रमा व्यापक क्षति पु¥

मेलम्ची खानेपानी आयोजनाका आठ जना सम्पर्कविहीन

काठमाडौं। वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन्। तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा उनीहरुको खोजी भइरहेको छ। निर्माणस्थलबाट उद्धार गरिएका ७६ जनाकोे अवस्था अहिले सामान्य छ।

मेलम्ची खानेपानी आयोजनालाई तीन अर्ब बजेट

काठमाडौं। सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मेलम्ची खानेपानी आयोजनाका लागि उक्त रकम छुट्याएको जानकारी दिए। उनले यांग्री र लार्केलाई मेलम्चीमा जोड्न उक्त रकम खर्च हुने बताए।